मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विदेशबाट फर्किपछि माछापालनः लाखौँ आम्दानी गर्दै लालझाडीका ‘चौधरी’

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ जेठ २०८३, बिहीबार

महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी स्वदेश फर्केर माछापालनमा व्यस्त हुनुहुन्छ । जिल्लामा माछा पालेर नाम कमाउनुभएका उहाँलाई उत्कृष्ट किसानका रुपमा यही जेठ १५ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयलबाट छनोट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट रु दुई लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पाउनुभएका उहाँकोे कृषिप्रतिको लगाव अझ बढेको छ । उहाँले १५ जनालाई रोजगारी दिनुभएको छ ।

“राष्ट्रपतिबाट सम्मान पाउँदा हौसला थपिएको छ ।” उहाँले भन्नुभयो, “अब गाउँका युवालाई पनि कृषि र उत्पादनमुखी काममा लगाउने व्यवसाय सञ्चालन गर्ने योजनामा छु ।”सात वर्षदेखि सिकलपट्टी जाइमा तीन बिघामा माछापोखरी बनाएर मत्स्य उत्पादनमा लागेका चौधरीले निकट भविष्यमा थप पाँच बिघा जमिन भाडामा लिएर माछापालन गर्नेे बताउनुभयो । “वार्षिक ४५ क्विन्टल माछा बिक्री गरिरहेको छु ।” उहाँले भन्नुभयो, “सबै खर्च कटाएर वर्षमा नौ लाख पचास हजारसम्म बचत हुन्छ । माछा उत्पादन तथा बजारीकरणका लागि सरकारले वातावरण मिलाइदिनुपर्ने चौधरीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार