मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

बीवाइडी गाडीको शोरुम

Ujyalosandeshonline 11171+ समाचार ( )
३ माघ २०८०, बुधवार

काठमाडौं । नेपालमा आफ्ना गाडीको बिक्री बढेसँगै पूर्वाधार थप्दै आएको चिनियाँ विद्युतीय अटो निर्माता कम्पनी बीवाइडीले ललितपुरको पुल्चोकमा शोरुम खोलेको छ ।  

बुधबारबाट सञ्चालनमा आएको शोरुमको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका छन् । 

विद्युतीय सवारी उत्पादनमा अग्रणी उक्त कम्पनीको भर्खरै नेपाली बजारमा आएको नयाँ कार डल्फिन कारसमेत शोरुममा सार्वजनिक गरिएको छ । 

महानगर प्रमुख महर्जनले विद्युतीय गाडी प्रवर्धनका लागि ललितपुर महानगर सधंै लागेको बताउँदै विकास निर्माणका लागि प्रयोग हुने ठूला सवारीसाधन बाहेक अन्य गाडीहरु विद्युतीय मात्र प्रयोग गर्ने गरेको बताए । 

उनले भने, ‘विकास निर्माणका लागि प्रयोग हुने टिप्पर, ट्रकहरुमा डिजल–पेट्रोल चाहिन्छ नै । यसको विकल्प पनि छैन । तर, अन्य प्रायोजनका लागि विद्युतीय गाडीको प्रयोग बढाउँदै लगेका छौं । ’

बीवाइडीका विद्युतीय गाडीहरुले वायु प्रदूषणमा कमी ल्याउनमा महत्वपुर्ण भूमिका खेलेको भन्दै निजी कम्पनीसँग सहकार्यका लागि महानगर तयार रहेको उनको भनाइ थियो । 

बीवाइडीको ४५ किलोवाट आवर लिथियम आयोन ब्याट्री रहेको डल्फिनमा ७० किलोवाट मोटर जडान गरिएको छ । यसले ३ सय ४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । नेपाली बजारमा यसको मूल्य ३९ लाख ८० हजार निर्धारण गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार