मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

राजर्षि जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध गर्यो : बिमलेन्द्र निधि

Ujyalosandeshonline 11564+ समाचार ( )
२१ असार २०८२, शनिबार

जनकपुर । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका प्रतिनिधिहरुले अवरोध गरिरहेको आरोप लगाएका छन् । शनिबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले धनुषा क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित एमालेका प्रतिनिधि तथा नेताहरुले विश्वविद्यालयको भवन निर्माणमा अवरोध खडा गरिरहेको बताए ।

राजर्षि विश्वविद्यायल स्थापनको प्रयास भइरहेको समयमा केन्द्रिय एमालेका नेताहरुले अवरोध नगरोस भनेर धनुषाका एमालेका प्रतिनिधिहरुले कांग्रेसलाई समर्थन गर्न काठमान्डौ पुगेको नेता निधिले जानकारी दिए । उनले स्थापनाको समयमा धनुषाका एमालेका प्रतिनिधिहरुले सहयोग गरेको बताए । तर अब उल्टै एमालेका क्षेत्र नं.३ र ४ का प्रतिनिधिहरुलेनै अवरोध उत्पन्न गरेर विश्वविद्यालयको भवन निर्माण कार्यलाई रोक्ने प्रयास गरिरहेको नेता निधिले आरोप लगाएका छन् ।

धनुषाको नगराईन नगरपालिकामासमेत एमालेका नेता तथा प्रतिनिधिहरुले बजेट पास गर्न नदिइरहेको नेता निधिले बताए । मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउन एमालेका नेता र प्रतिनिधिहरुले माग गरेको उनले जानकारी दिए ।

सक्ता गठबन्धनमा एमाले र कांग्रेस संगै भएपनि गठबन्धनको धनुषा क्षेत्र नं.३ बाट प्रतिनिधित्व गर्ने एमालेका नेताले न्यूनतम शिष्टाचार पालना नगेको नेता निधिको आरोप छ । सार्वजनिक विकासको विषयमा अवरोध गर्नु दुःखद भएको उनले बताए । नेता निधिले धनुषाको फुलगामामा कुनै पनि हालतमा राजर्षि जनक विश्वविद्यालयको भवन बनाएरै छोड्ने जानकारी दिए । त्यसका लागि नेपाली कांग्रेसले जे गर्नुपर्छ त्यो गर्ने प्रतिवद्धर्ता जाहेर गरे ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार