मुख्य समाचार
साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक |

रोहिणी–२ मा खुरहुरिया प्रिमियर लिग सुरु

Ujyalosandeshonline 12674+ समाचार ( )
१९ मंगशिर २०८१, बुधवार

भैरहवा । रुपन्देहीमा खुल्ला स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–२ का स्थानीय युवाहरुको आयोजनामा बुधवारदेखि सोही वडामा खुरहुरिया प्रियमियम लिग (केपिएल) अन्र्तगत क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन रोहिणी गाउँपालिका–२ का वडाअध्यक्ष करमहुसैन खान लगायतले गरे । प्रतियोगिता स्थानीयस्तरको भएकोले यसमा गाउँको प्रतिनिधित्व गर्दै टिमहरुले सहभागीता जनाएका छन् । प्रतियोगितामा २२ वटा गाउँको टिम सहभागी भएको र प्रतियोगिता एक हप्तासम्म जारी रहने आयोजक टिमका सदस्य मोबिन आलमले जानकारी दिए । प्रतियोगिताको प्रत्येक खेल १५ ओभरको हुनेछ ।

‘गाउँगाउँमा लुकेका प्रतिभाहरु हुन्छन् । जसले भविष्यमा खेलकुदको माध्यमले देशकै नाम उच्च राख्न सक्छन्’ उनले भने, ‘तर, गाउँका खेलाडीले आफ्नो प्रतिभा देखाउनका लागि प्लेटफर्म नपाउँदा हामीहरुले प्रतियोगिता आयोजना गरेर उनीहरुले एउटा प्लेटफर्म दिएका हौँ ।’ उनले यही प्रतियोगितामा कुनै खेलाडीको राम्रो प्रर्दशन गरे क्रमशः भविष्यमा सम्बन्धित खेलाडी मुलुककै प्रतिनिधित्व गर्दै विश्व माझ आफ्नो प्रतिभा देखाएर मुलुकको नाम उच्च राख्न सक्ने बताए ।

प्रतियोगिताको उद्घाटन गर्दै रोहिणी गाउँपालिका–२ का वडाअध्यक्ष करमहुसैन खानले आफुले खेलकुदको विकासका लागि कार्यहरु गर्दै आएको र गरिरहेने बताए । साथै, स्थानीयहरुले नै प्रतियोगिताको आयोजना गरेकोले आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद बीस हजार रुपैयाँ, उपविजेताले दश हजार, हैट्रिक विकेट लिने दुई सय पचास, बेस्ट बलरले एक हजार र म्यान अफ द म्याचले मेडल पाउनेछन् । साथै, प्रतियोगितामा गाउँपालिका–२ स्थित मेरिट बोर्डिक पब्लिक हाई स्कूलका निर्देशक चन्द्रभान तिवारीले आयोजक खुरहुरिया टिमका खेलाडीहरुलाई १८ थान खेल पोसाक उपलब्ध गराउने घोषणा गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार