मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : संयोजक प्रचण्ड

Ujyalosandeshonline 11540+ समाचार ( )
२७ मंगशिर २०८२, शनिबार

काँक्रेविहार (सुर्खेत) । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताउनुभएको छ । आज यहाँको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उहाँले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन लाग्नुपर्ने र आज कर्णालीले देखाएको मायाले आफू उत्साहित भएको बताउनुभयो । 

संयोजक दाहालले १४ भन्दा बढी पार्टी मिलेर विगतका कमजोरी सच्याउँदै अगाडि बढ्ने सङ्कल्प गरेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा भएका एकतासभामा देखिएको सहभागिताले अभियानलाई नयाँ उचाइमा पु¥याउने विश्वास जागेको धारणा राख्नुभयो । उहाँले विसं २०४१/४२ देखि नै पार्टी माधव नेपाल र आफूबीचमा एकताका लागि छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वका सामयमा पनि निरन्तर छलफल भएको धारणा राख्नुभयो । 

संयोजक दाहालले भन्नुभयो,“हामी सुरुदेखि नै एकताका पक्षमा थियौँ, सशस्त्र युद्ध सुरु भएको दुई वर्षदेखि नेपाल र आफूहरूले देशको विकास र नेपाललाई कसरी उचाइमा पु¥याउन सकिन्छ भनेर छलफलमा जुटका थियौँ । एमाले र माओवादी सहमति भएपछि मात्र देशमा १२ बुँदे सहमति भएको थियो । ४० वर्षदेखि एकताका काम भइरहेका थिए ।” 

उहाँले कर्णाली नेपाली सभ्याताको जननी, जडीबुटी, जलस्रोतको भण्डार रहेको भन्दै यहाँको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब विदेशिएका युवालाई स्वदेश फर्कने वातावरण तयार गर्न आफूहरू क्रियाशील भएको दाहालको भनाइ थियो । पार्टीका सहसंयोजक माधवकुमार नेपालले अलगअलग पार्टीलाई एकै ठाउँमा ल्याएर राजनीतिमा महत्वपूर्ण काम गरिएको र यसले सबैमा उत्साह थपिएको बताउनुभयो । 

उहाँले जनता र देशको हितका पक्षमा काम गर्ने पार्टीको रूपमा नेकपालाई स्थापित गरिने उहाँको भनाइ छ । सहसंयोजक नेपालले भन्नुभयो,“देशका हरेक महत्वपूर्ण समयमा हामी सही ठाउँमा उभिँदै आएका छौँ । जनतालाई देशको मालिक बनाउनका लागि लोकतन्त, गणतन्त्र चाहिएको छ । यसर्थ देशको स्वतन्त्रतता, स्वाधीनता, देशभक्त पार्टीको रुपमा नेकपालाई स्थापित गर्र्नेगरी हामी लागिरहेका छौँ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार