मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

Ujyalosandeshonline 12673+ समाचार ( )
१३ अशोज २०८३, मङ्गलबार

चितवन । जिल्लामा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको छ । आर्थिक वर्ष २०८१÷०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा यो सङ्ख्या बढेको हो । जनस्वास्थ्य कार्यालयका जनस्वासथ्य निरीक्षक चन्द्रबहादुर हमालका अनुसार गत आर्थिक वर्षमा प्रतिहजार बालबालिकामा ४३१ जनामा यो समस्या देखिएको थियो । उहाँका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा यो सङ्ख्या ३९६ रहेको थियो । हरेक वर्ष यस्तो रोगका बालबालिका बढ्दै गएको भन्दै उहाँले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न अनुरोध गर्नुभयो ।

विशेषगरी आर्थिक अपस्था कमजोर भएको र ग्रामीण क्षेत्रका बालबालिकामा यो रोगको समस्या देखिएको उहाँको भनाइ छ । इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका,  माडी नगरपालिकाका बालबालिकामा यो रोगको सङ्क्रमणदर वढ्दो रहेको छ । अहिले जिल्लामा पाँच वर्षमुनिका बालबालिका ४५ हजार ६०८ जना छन् ।

यो सङ्क्रमणमा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको श्वासप्रश्वास प्रतिनिमनेट ४० पटकभन्दा बढी हुन नहुने, दुई महिनादेखि एक वर्षसम्मको ५० पटक र दुई महिनामुनिका बालबालिकाको ६० पटक हुनुपर्ने हुन्छ । श्वासप्रश्वासमा समस्या देखिँदा रुघा, खोकी लाग्ने, निमोनिया हुने र बच्चाको कोखा हानेकोजस्तो हुने, खान मन नगर्नेलगायतका लक्ष्यण देखिए जटिल समस्या भएको मान्ने गरिन्छ । यस्तो समस्या देखिएका बालबालिकालाई तत्काल नजिकको स्वास्थ्य संस्थामा लगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।

भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा किरण देवकोटा छिटो श्वासप्रश्वास हुनु रोग नभए पनि रोगको लक्ष्यण भएको बताउनुहुन्छ । यस्ता बालबालिकामा निमोनिया, स्वासनलीमा समस्यालगायतका कारण हुने गर्दछ । मौसमी फ्लुका कारण बालबालिकामा यो समस्या हुने उहाँले जानकारी दिनुभयो । यो सङ्क्रमणबाट बच्नका लागि चिसो, धुवाँ, धुलोबाट बच्नुपर्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार