अर्घाखाँचीमा कानुनी सहायता र न्यायमा पहुँचसम्बन्धी बैठक सम्पन्नः कानुनी सहायता समिति गठन गरिने

Ujyalosandeshonline 11561+ समाचार ( )
६ मंगशिर २०८२, शनिबार

अर्घाखाँची । न्यायमा पहुँच र सशक्तिकरणका लागि कानुनी सहायतासम्बन्धी सहजता बैठक आज अर्घाखाँचीमा सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा बोल्दै प्रजिअ सुवेदीले समाजमा रहेका विकृति–विसंगति अन्त्य गरी शान्तिपूर्ण समाज निर्माण गर्न न्यायमा पहुँच बढाउनुपर्नेमा जोड दिए। उनले पीडितमैत्री न्याय सम्पादन र कानुनी सहायतालाई प्रभावकारी बनाउन जनप्रतिनिधिदेखि राज्यका सबै निकायले नागरिकको न्यायको पहुँचमा देखिएका अवरोध हटाउन सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला सह–न्यायाधिवक्ता डा. सूर्य प्रसाद पौडेलले न्याय बहुआयामिक विषय भएकाले हिंसात्मक घटना न्यूनीकरणमा सबै सचेत हुनुपर्ने बताए। त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवस जीसीले प्रहरीले घटनाहरूको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रतिबद्ध रहेको धारणा राखे । दलित चेतना विकास परिषद् नेपालको आयोजना तथा दलित महिला संघ (फेडो) र युएन वुमनको साझेदारीमा सम्पन्न बैठकले जिल्लामा कानुनी सहायताका लागि ‘जिल्ला समिति’ निर्माण गर्ने निर्णय गरेको छ।

संस्थाकी सहजकर्ता राधा नेपालीका अनुसार अप्रिलदेखि सुरु भएको यो कार्यक्रम अर्घाखाँचीमा सन् २०२७ सम्म चल्नेछ। संस्थाले जिल्लामा सामाजिक कुरिति र हानिकारक परम्पराविरुद्ध समतामूलक समाज निर्माणको अभियान सञ्चालन गरिरहेको छ। बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवालाहरूको सहभागिता थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार