मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नवलपुरमा प्रगतिनगर खानेपानी संस्थाको १०० दिन: विकास र जनसेवामा उल्लेखनीय प्रगति

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ श्रावण २०८२, शुक्रबार

नवलपुर । देवचुली नगरपालिकामा अवस्थित प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नवनिर्वाचित कार्यसमितिको पहिलो १०० दिनमा जनउत्तरदायी र प्रभावशाली कामहरू सम्पन्न गरेको छ। २०८१ साल चैत्र ३० गते सम्पन्न भएको ९ औं अधिवेशनबाट डिल्लीराम कडरियाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो ।

नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छोटो अवधिमै ३५ नयाँ धारा जडान गर्नुका साथै २०५८ मिटर पाइपलाइन विस्तार गरेको संस्थाका अध्यक्ष डिल्लीराम कडरियाले जानकारी दिनुभयो। यस अवधिमा संस्थाले करिब ८ लाख रुपैयाँ बक्यौता महसुल संकलन गर्न सफल भएको छ।

सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै संस्थाले सिटिजन्स बैंक धारापानी शाखा र गरिमा विकास बैंक दलदले शाखासँगको सहकार्यमा प्रगतिनगर चोक र दलदले चोकमा निःशुल्क स्मार्ट वाटर फिल्टर जडान गरेको छ। साथै, पारिवारिक सदस्य गुमाएका उपभोक्ता परिवारलाई सो महिनाको मासिक महसुल छुट दिने मानवीय निर्णय पनि गरेको छ ।

अध्यक्ष कडरियाका अनुसार, संस्थाले ठूला पूर्वाधार विकासका लागि महत्वपूर्ण बजेट सुनिश्चित गर्न सफलता हासिल गरेको छ। मुहान तटबन्ध र फिल्टर प्लान्ट निर्माणका लागि केन्द्र सरकारबाट तीन करोड रुपैयाँ, प्रेसर फिल्टरका लागि संघीय कार्यालय पोखराबाट ४० लाख र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँबाट ३० लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।

यसका साथै, मुहान संरक्षण, बाटो निर्माण, प्रयोगशाला सुधार, क्यालेन्डर प्रकाशन र छिमेकी संस्थाहरूसँगको सहकार्यले सामुदायिक सेवा प्रवाहमा उल्लेखनीय योगदान पुगेको छ । संस्थाको सिताबासमा रहेको टंकी परिसरको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष कडरियाले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष खिमानन्द भुसाल, सल्लाहकार, पत्रकार महासंघका प्रतिनिधि र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव विष्णुप्रसाद न्यौपानेले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार