मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

गमगढी–पिना सडक स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकारद्वारा करिब १६ करोड बजेट विनियोजन

दान बहादुर बुढा 45+ समाचार ( )
१७ मंगशिर २०८२, बुधवार

काठमाडौं । रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।

सडकको स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकहरू सजिलै गमगढी पुग्न र यहाँ एक रात बस्न सक्षम हुनेछन् । यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

गमगढीका होटल व्यवसायीहरूका अनुसार, सडक सुधारपछि यहाँ आउने पर्यटकहरूको संख्या बढ्ने र गमगढीमा बस्ने पर्यटकहरूको अवधिमा पनि वृद्धि हुनेछ । यसका कारण होटल र अन्य व्यापारिक गतिविधिमा पनि वृद्धि हुने सम्भावना छ ।

गमगढी बजारका व्यापारी र स्थानीय बासिन्दाहरूले कर्णाली प्रदेश सरकारको यो निर्णयलाई अत्यन्तै स्वागत गरेका छन् । उनीहरूका अनुसार, हाल पिना–ताल्चा हुँदै गमगढीसम्म यात्रा गर्नका लागि कच्ची र धुलाम्य सडकका कारण पर्यटकहरूको यात्रा असहज बन्ने गरेको छ। विशेषगरी वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुने समस्या पनि छ ।

गमगढी बजारको आर्थिक गतिविधिमा नयाँ उत्साह

मुगु उद्योग वाणिज्य संघका अध्यक्ष मकल बहादुर बुढाले भने, “यो बजेट सहि समयमा र सहि स्थानमा आएको छ । यसबाट गमगढी बजारमा व्यवसायिक गतिविधिहरूमा वृद्धि हुनेछ र स्थानिय बासिन्दाहरूलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।“

कर्णाली प्रदेश सभा सदस्य जितबहादुर मल्लका अनुसार, रारा क्षेत्र नेपालको प्रमुख पर्यटन गन्तव्य हो र यसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ । “तर, सडकको कमीका कारण स्थानीयहरूले अपेक्षित फाइदा पाएका छैनन् । गमगढीमा उत्कृष्ट होटल सुविधाहरू भए पनि सडकको कारण पर्यटकहरू यहाँ आउन चाहँदैनन् । सडक निर्माण पछि, यहाँ एक रात बस्नका लागि पर्यटकहरूको संख्या बढ्नेछ,“उनले भने ।

सडक निर्माणको समय र प्रक्रिया

पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्णा चापागाईंका अनुसार, पिना–गमगढी सडकको निर्माण चालु आर्थिक वर्षको दौरान सुरु हुनेछ । उनले भने, “सडकको प्राविधिक अध्ययन चाँडै सुरू हुनेछ र एक हप्ताभित्र ठेक्का प्रक्रियासम्बन्धी आवश्यक काम अगाडि बढाइनेछ ।“

गमगढी बजारका होटल व्यवसायी नेता चौलागाईंले भने, “हामीलाई धेरै वर्षदेखि पर्यटकहरूको गमगढीमा बस्ने चाहना थियो । अब सडक सुधार पछि हाम्रो व्यवसायमा मात्र होइन, सम्पूर्ण बजारको आर्थिक गतिविधिमा पनि उत्साह थपिनेछ ।“

आवश्यकता र समृद्धिको आशा

गमगढी–पिना सडकमा हिउँदको समयमा सामान्य रूपमा यातायात सञ्चालनमा भए पनि वर्षायाममा पहिरोका कारण यात्रा अवरुद्ध हुने समस्या भइरहन्छ । छायाँनाथ रारा नगरपालिका–७ का हरिचन्द्र शाहीले भने, “वर्षा ऋतुमा हिँडडुल गर्न निकै गाह्रो हुन्छ, तर सडक सुधारपछि यात्रा सहज हुने छ ।“

सडकको सुधारसँगै रारा क्षेत्रमा पर्यटकहरूको आगमनमा वृद्धि हुने र स्थानीय व्यापारमा उत्साह थपिने अपेक्षासाथ, कर्णाली प्रदेश सरकारले सो सडकको विकासमा महत्वपूर्ण कदम चालेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार