मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

हुलाक सेवाको प्रभावकारिताका लागि अर्घाखाँचीमा समन्वयमा जोड

अनिल नेपाली 141+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

अर्घाखाँची । अर्घाखाँचीमा १५१ औं विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालयले १४ जना उत्कृष्ट तथा सेवानिवृत्त कर्मचारी र एक जना पत्रकारलाई सम्मान गरेको छ। सामुदायिक रेडियो अर्घाखाँचीका स्टेशन म्यानेजर गोपाल प्रसाद भट्टराईलाई पत्रकारिताको क्षेत्रबाट सम्मान गरियो। उत्कृष्ट कर्मचारीका रुपमा मदन भट्टराई, दिपा खनाल चुंदाली, दामोदर पोख्रेल, जीवप्रसाद श्रेष्ठ र सिता खनाललाई सम्मान गरियो।

सेवानिवृत्त कर्मचारीहरू ओमलाल भट्टराई, टोपलाल पाण्डे, नुमलाल पौडेल, माधव पौडेल, कमला खनाल, कमल घिमिरे, डबल प्रसाद भुसाल, चुरामणी भट्टराई र गिरी प्रसाद मरासिनी पनि सम्मानित भए।

जिल्ला हुलाक कार्यालय अर्घाखाँचीका प्रमुख हुलाक अधिकृत भरत सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हुलाक र संचार जगतबीचको समन्वयको महत्वमाथि जोड दिइयो। सापकोटाले हुलाक सेवालाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारी गर्ने र जनताको सेवालाई अझ गुणस्तरीय बनाउन सरोकारवालाहरूसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार