मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |
मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |


प्रहरीले हिरासतबाटै भगायो आरोपी, पत्रकारहरुद्वारा २४ घण्टे अल्टिमेटम

Ujyalosandeshonline 12431+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

भैरहवा । पत्रकारहरुले रूपन्देही प्रहरीले हिरासतबाटै आरोपीलाई भगाएको आरोप लगाउदै २४ घण्टा भित्र पक्राउ गरि कार्यवाही गर्न प्रहरीलाई अल्टिमेटम दिएका छन् । रुपन्देहीका पत्रकारहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन बुझाउदै समाचार संकलनको क्रममा पत्रकारलाई दुव्र्यवहार भएकोले दोषीलाई पक्राउ गरि कार्यवाही गर्न माग गरेका हुन् । 

नेपाल पत्रकार महासंघ, रूपन्देही र लुम्बिनी प्रेस क्लबले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउदै आरोपितलाई २४ घण्टा भित्र कार्यवाही नगरिए आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेले समाचार संकलनको लागि खटिएका पत्रकारको सञ्चार साधन कब्जामा लिने, कुटपिट गर्न खोज्ने र क्यामेराको फुटेज मेटाउन लगाएको घटनाले प्रेस स्वतन्त्रता मात्रै नभई मानव अधिकार समेत कुण्ठित गरिएको बताए । घटना पछि पक्राउ परेका ब्यक्ति प्रहरी हिरासतबाटै रूपन्देहीको शान्ती सुरक्षा र प्रेस स्वतन्त्रता प्रति राज्यको निकायको हेर्ने दृष्टिकोण, अपराधिक ब्यक्तिको मनोबल बृद्धि भएको महासंघको निष्कर्ष रहेको छ ।

यसै गरि लुम्बिनी प्रेस क्लबले २४ घण्टा भित्र आरोपित र आरोपितलाई भगाउन सहयोग गरेको प्रहरीलाई पक्राउ गरि कार्यवाहीको दायरामा ल्याउन माग राखेको छ । क्लबका महासचिव प्रकाश न्यौपाने र अध्यक्ष कमल रायमाझीको हस्ताक्षर सहित बुझाईएको ज्ञापनमा २४ घण्टामा कार्यवाहीको दायरामा नल्याए त्यसपछि चरणवद्ध आन्दोलनमा जाने उल्लेख रहेको छ । 

उज्यालो सन्देशका सम्पादक तथा राष्ट्रिय समाचार समितिका भैरहवा सम्वाददाता राधेश्याम विश्वकर्मा सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी सहितको प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको अनुगमनको समाचार संकलन जाने क्रममा मर्चवारकै दिपेश यादव नाम बताउने युवाको समूहले दुव्र्यवहार गरेको थियो । बाटोमै भईरहेको अवैध ओसार प्रसारको भिडियो खिच्ने क्रममा यादव सहितको टोलीले विश्वकर्माको क्यामेरा, मोटरसाईकलको साँचो, पत्रकार परिचय पत्र खोसेर उनलाई पनि केही बेर नियन्त्रणमा राखेको थियो । पछि प्रहरी आए पछि प्रहरीकै अगाडी क्यामेरामा भएको दृश्य उक्त समूहले मेटाउन लगाएको थियो । 

यस विषयमा पत्रकार विश्वकर्माले ईलाका प्रहरी कार्यालय मझगावामा जानकारी गराए पछि प्रहरीले घटनामा संलग्न दिपेश यादवलाई पक्राउ गरेको थियो । यादवलाई पक्राउ गरिएको पुष्टि रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले गरेका थिए । आरोपीलाई पक्राउ गरि जिल्लामा झिकाउने प्रक्रिया थालिएको बताउदै उनले त्यसपछि मात्र आवश्यक कार्यवाही गर्ने बताएका थिए । 

त्यसपछि आरोपी यादवलाई ईलाका प्रहरी कार्यालय मझगावाबाट नै भगाईएको थियो । तर प्रहरी पछि आफ्नै भनाईबाट पछि हट्दै कहिले उनलाई पक्राउ नै नगरिएको र कहिले असावधानीवस भागेको बताउदै आएको छ । पत्रकारहरुले भने आरोपीलाई प्रहरीले पक्राउ गरिसकेर पनि हिरासतबाटै भगाएको दावी गर्दै आएका छन् । 

यस विषयमा राष्ट्रिय मानव अधिकार आयोग बुटवल, ईन्सेक नेपाल र फ्रिडम फोरम लगायतका संस्थाहरुले पनि चासो दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग बुटवल कार्यालयका मानव अधिकार अधिकृत आशिश श्रेष्ठको नेतृत्वको टिमले घटनाबारे जानकारी लिएको लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताए । श्रेष्ठसंगै अधिकृत सुप्रिना चौधरी र सुचना प्रविधि सहायक अर्जुन खनालले घटनाको बिषयमा जानकारी लिएका थिए ।

ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पत्रकारको सुरक्षालाई गम्भिरतापूर्वक लिएको बताए । उनले पत्रकारले खिचेका भिडियो डिलिट (हटाउन) लगाउने कार्यमा संलग्न व्यक्ति उपर कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यो घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गर्ने बताए । उनले फरार व्यक्तिको खोजी भइरहेको जानकारी दिदै आगामी दिनमा यस्ता घटना हुन नदिन प्रहरी–प्रशासन थप सचेत हुने बताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार