मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

उच्च अदालत पाटन हेटौंडा इजलासबाट ७२ प्रतिशत मुद्दा फछर्यौट

Ujyalosandeshonline 11566+ समाचार ( )
३ श्रावण २०८२, शुक्रबार

हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०८१÷०८२ मा दर्ता भएका कुल मुद्दामध्ये ७२ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चार प्रतिशतले फछर्यौट दरमा कमी देखिए पनि अदालतले समग्र कार्यसम्पादन सन्तोषजनक रहेको जनाएको छ ।

आर्थिक वर्ष २०८०र०८१ मा अदालतले ७६ प्रतिशत मुद्दा फछर्यौट गरेको थियो । तर चालु आवमा मुद्दा दर्ता संख्या बढेकाले प्रतिशतमा गिरावट आएको बताइएको छ। एक अदालत अधिकृतका अनुसार,  ‘मुद्दाको सङ्ख्या उल्लेख्य रूपमा बढेका कारण घटेको प्रतिशतलाई पनि सन्तोषजनक मान्न सकिन्छ ।’

२०७८÷७९ मा दर्ता भएका १ हजार ७ सय २७ मुद्दामध्ये १ हजार २ सय ४७ मुद्दा फछर्यौट भएका छन् । अघिल्लो आवमा १ हजार ६ सय १९ मुद्दा दर्ता भएका थिए, जसमध्ये १ हजार २ सय ४५ मुद्दा टुंग्याइएको थियो । चितवन र मकवानपुर जिल्लालाई कार्यक्षेत्रका रूपमा लिएको हेटौंडा इजलासमा एक वर्ष र दुई वर्षभन्दा पुराना मुद्दा शून्य छन् , जसले अदालतको सक्रियता र समयमै न्याय दिन खोजिएको संकेत गर्छ ।

सात न्यायाधीशको दरबन्दी रहेको इजलासमा हाल पाँच जना मात्र कार्यरत छन् । विशेष उल्लेखनीय कुरा के छ भने, कार्यरत सबै न्यायाधीश महिला हुन्, जुन लैंगिक समावेशीताको दृष्टिले प्रशंसनीय मानिएको छ । उच्च अदालत पाटन हेटौंडा इजलासले निष्पक्ष, शीघ्र र प्रभावकारी न्याय प्रणालीको उदाहरण प्रस्तुत गर्दै आएको भन्दै स्थानीय कानुन व्यवसायी तथा नागरिकले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार