मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |
मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |


रुपन्देही–४ मा सर्वदलीय बैठक: आचारसंहिता उल्लङ्घन भए उम्मेदवारी खारेज हुने चेतावनी

जैसमोहम्मद खान 74+ समाचार ( )
२४ माघ २०८२, शुक्रबार

मर्चवार । आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा सर्वदलीय बैठक सम्पन्न भएको छ। मर्चवारस्थित निर्वाचन कार्यालयमा आयोजना गरिएको उक्त बैठकमा निर्वाचन आचारसंहिताको पूर्ण पालना र शान्ति सुरक्षाको विषयमा गम्भीर छलफल भयो। बैठकमा यस क्षेत्रका विभिन्न राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

बैठकमा प्रमुख अतिथिको रूपमा बोल्दै रुपन्देही जिल्ला मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले निर्वाचन आचारसंहिताको विषयमा निकै कडा धारणा राख्नुभयो। उहाँले निर्वाचन आचारसंहिता राजनीतिक दलहरू स्वयम्‌ले निर्माण गरेको दस्तावेज भएको हुँदा यसको पूर्ण पालना गर्नु दलहरूकै मुख्य दायित्व भएको बताउनुभयो । उहाँले राजनीतिक दलका साथै कर्मचारी, सङ्घ–संस्था र सञ्चार माध्यमहरूका लागि पनि आचारसंहिता समान रूपले लागु हुने स्पष्ट पार्नुभयो।

मुख्य निर्वाचन अधिकृत बस्नेतले चेतावनी दिँदै भन्नुभयो, "आचारसंहिताको पालना नभएमा वा पटक–पटक गम्भीर उल्लङ्घन भएको पाइएमा दण्ड–सजायसहित उम्मेदवारको उम्मेदवारी नै बदर हुन सक्ने कानुनी व्यवस्था छ ।" उम्मेदवारी दर्ताका क्रममा सबैले आचारसंहिता मान्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसकेको स्मरण गराउँदै उहाँले क्षेत्र नम्बर ४ मा आचारसंहिता उल्लङ्घनसम्बन्धी गुनासाहरू अत्यधिक आएकोले समयमै सुधार गर्न सबै पक्षलाई आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक माधवप्रसाद पोखरेलले निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले मतदातालाई मतदानस्थलसम्म पुगेर शान्तिपूर्ण र सुरक्षित रूपमा मतदान गर्ने वातावरण तयार गर्न सुरक्षा निकाय पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो । उहाँले राजनीतिक दल, उम्मेदवार तथा प्रतिनिधिहरूलाई शान्ति सुरक्षा कायम राख्न प्रशासनसँग सहकार्य गर्न आग्रह गर्नुभयो। साथै, निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै कुनै पनि चुनावी कार्यक्रम वा सभा आयोजना गर्दा अनिवार्य रूपमा स्थानीय प्रहरी र प्रशासनलाई पूर्वजानकारी गराएर मात्र अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो।

निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत टोपबहादुर विष्टको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो। छलफलमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमोदकुमार यादव, नेपाल जनता पार्टीका उम्मेदवार जंगबहादुर यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि विक्रम लोध र जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि रामगणेश पाल लगायतले निर्वाचनलाई मर्यादित बनाउने विषयमा आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो। बैठकले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न र निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्ष प्रतिबद्ध रहने निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार