मुख्य समाचार
बिक्री गर्न लगिँदै तरभूजा | हुलाकी सडक फराकिलो बनाउन आग्रह | अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म | भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन |

भैरहवा युथ क्लबको बैठक सम्पन्न

Ujyalosandeshonline 11174+ समाचार ( )
२४ असार २०८१, आइतबार

भैरहवा । भैरहवाका युवा समूहहरुको ‘भैरहवा युथ क्लब’ सामाजिक विकासका लागि आफ्नो पाइलाहरु अघि बढाएको छ । समाजका युवाहरुको सशक्तिकरण, विकास लगायत सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना गर्न लागिएको क्लबको बैठक सम्पन्न भएको छ ।

भैरहवा स्थित मिड टाउन पार्टी प्यालेसमा प्रवेश श्रेष्ठको अध्यक्षतामा बसेको विस्तारित बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले क्लबका लागि आवश्यक विधान लेखन लगायत दर्ता प्रक्रिया टुग्ंयाउनका लागि अध्यक्ष श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेको छ । जसको सदस्यमा उपाध्यक्ष शिव बस्याल, कोषाध्यक्ष आकाश पौडेल र सचिव विक्रम ज्ञवाली रहेका छन् ।

त्यस्तै सामाजिक विकास कार्य लगायतका लागि आवद्ध सबै सदस्यले हप्तामा एक सय रुपैयाँ क्लबलाई प्रदान गर्ने निर्णय भएको क्लबका सचिव विक्रम ज्ञवालीले जानकारी दिए । क्लबले सामाजिक कार्यहरु गर्नका लागि कार्ययोजना बनाइरहेको र आवश्यक सबै कानुनी प्रक्रिया पुरा गरेपश्चात क्लबले विभिन्न कार्यहरुको सुरुवात गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार