मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा र म्यानमारका राजदुतविच भेटवार्ता

Ujyalosandeshonline 12673+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) र म्यानमारका राजदूत म्यूम्यून्ट माउङविच मंगलबार  शिष्टाचार भेट भएको छ । कोषको कार्यालयमा उपाध्यक्ष लामा र राजदुतविच बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धन र दुई देशको सहकार्यका बिषयमा भेटवार्ता भएको हो ।

भेटका अवसरमा उपाध्यक्ष लामाले म्यानमार नेपालको पूरानो मित्रराष्ट्र भएको बताउँदै लुम्बिनीमा त्यहाँका बौद्ध तीर्थयात्रीहरुलाई भ्रमणका लागि अझ बढि प्रचार गर्न आग्रह गरे । उनले म्यानमारबाट लुम्बिनीमा भ्रमण आउने तीर्थयात्रीहरु राम्रै रहेको तर अब अझ त्यसलाई बढाउन पहल गर्न ध्यानआर्कषण गराए । उपाध्यक्ष लामाले बृहत्तर लुम्बिनी क्षेत्रमा मात्रै शाक्यमुनी बुद्ध सहित क्रक्रुछन्द र कनकमणि बुद्ध गरी तीन वटा बुद्धको जन्म भएकाले यो विश्वकै मानवशान्ति र बौद्ध सम्प्रदायको पवित्र स्थल रहेको बताए ।  

भेटमा म्यानमारका राजदुत म्यूम्यून्ट माउङले म्यानमारका ८९ प्रतिशत नागरिकहरु बौद्धिष्ट भएको बताउँदै आफूहरुको आस्थाको केन्द्र भएकाले भ्रमणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । उनले बुद्धजन्मस्थल लुम्बिनी आफू यसअघि पनि पटक पटक आएको बताउँदै लुम्बिनीको प्रवद्र्धनका लागि राजदुतका रुपमा सक्दो सहयोग गर्ने बताए । भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारीणी सदस्य श्याम रोक्का, राजेश शाक्य लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार