मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरुले गरे तालाबन्दी

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

बाजुरा । बाजुराको पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा तालाबन्दी गरिएको छ। बुधबार बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टीका युवाहरुले तालाबन्दी गरेका हुन्। युवाहरुले यहाँका स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै तालाबन्दी गरेका छन्।

कोल्टीमा विद्युत र खानेपानीको समस्या जटिल रहेको छ । गुणस्तरिय विद्युत सेवा नहुँदा यहाँका स्थानीय अँध्यारोमा बस्न बाध्य छन्। कहिलेकाहीँ कोल्टी बजार मैनबतीको साहारामा चलिरहेको हुन्छ । त्यस्तै गुणस्तरीय खानेपानी सेवा नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन्।

युवाहरुले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका हुन् । नगरपालिकाले पालिकामा खानेपानी र विद्युतको व्यवस्था गर्न नसकेको भन्दै स्थानीय युवाहरुको समूहले ताला लगाएको हुन सक्ने प्रहरीले जनाएको छ। जनताको माग पुरा नभएसम्म पालिकाको ताला नखोल्ने अडानमा तालाबन्दीकर्ता रहेका छन् ।नगरपालिकामा तालाबन्दी गरेपछी तालबन्दी गर्ने समुह र उपप्रमुख रामबहादुर बोहोरा बिच छलपल भईरहेको बताईएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार