मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बाजुरामा रेबिजविरुद्धको खोप अभाव, सर्वसाधारण मर्कामा

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ वैशाख २०८२, मङ्गलबार

सन्तोषी रावल

बाजुरा । जिल्ला अस्पताल बाजुरा लगायतका स्वास्थ्य संस्थामा रेबिजविरुद्ध प्रयोग हुने खोप अभाव भएपछि सर्वसाधारण मर्कामा परेका छन् । एक साता यता स्वास्थ्य संस्थाहरूमा खोप अभाव हुँदा उपचारका लागि आएका बिरामीहरू निराश भएर फर्किनुपर्ने अवस्था छ । 

सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप हाल जिल्ला अस्पताल बाजुरामा छैन। अस्पतालले सामाजिक सञ्जाल मार्फत सूचना प्रकाशित गर्दै खोप अभावको जानकारी गराएको हो। अस्पतालका अनुसार रेबिज खोप धनगढीस्थित प्रदेश आपूर्ति केन्द्रमार्फत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गर्दछ। तर हाल सो केन्द्रमै खोप अभाव भएपछि जिल्ला अस्पतालमा समेत आपूर्ति अवरुद्ध भएको छ।

खोप अभावका कारण विशेषगरी कुकुर, बिरालो वा अन्य जनावरको टोकाइमा परेका व्यक्तिहरू बढी प्रभावित भएका छन्। रेबिज एक घातक रोग भएकाले समयमै खोप लगाउन आवश्यक हुन्छ। तर हाल खोप नहुँदा उपचारमा गम्भीर समस्या देखिएको अस्पतालले जनाएको छ।

जिल्ला अस्पतालका प्रमुख डा.चन्द्र शेखर यादवले प्रदेश आपूर्ति केन्द्रसँग सम्पर्कमा रहेर खोपको आपूर्ति सहज बनाउन पहल भइरहेको जानकारी दिएका छन् । ‘खोपको माग उच्च भए पनि हाल प्रदेश आपूर्ति केन्द्रमा नै अभाव भएकाले केही दिनमा मात्र स्थिति सहज हुन सक्छ,’ प्रमुखले भनेका छन् ।यसबीच स्थानीयवासीले स्वास्थ्य सेवा प्रवाहमा खलल पुग्नेगरी खोप अभाव हुनु दुःखद भएको भन्दै तत्काल खोप आपूर्ति गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार