मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ कार्तिक २०८२, शनिबार

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत (घुमाउने)मा खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको बिहिबारदेखि सदरमुकाम बेनी बजारसँग यातायात सम्पर्क बिच्छेद भएको थियो । 

पूर्वाधार विकास कार्यालय म्याग्दीले आज पहिरो पन्छाएपछि यातायात सञ्चालन भएको कार्यालय प्रमुख बिष्णु पौडेलले जानकारी दिनुभयो । सडक खुलेपछि दरवाङदेखि बेनी, पोखरा, काठमाडौँलगायत देशका विभिन्न सहरमा जाने यातायात सञ्चालन भएका छन् ।   

उक्त स्थानमा विस २०६१ मा सडकको मार्ग खोलेदेखि नै पहिरोको समस्या रहेको छ । यसको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान गर्ने भनिए पनि योजना अगाडि बढेको छैन । दीर्घकालिन हिसाबले पहिरो रोकथामको सम्भावना नभएपछि पूर्वाधार विकास कार्यालयले अस्थायी रूपमा पहिरो पन्छाएर यातायात सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार