मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित सदस्यहरूले लिए शपथ

Ujyalosandeshonline 11540+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौं ।  स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)को नवनिर्वाचित सदस्यहरुको सपथ तथा पदभार ग्रहण गरेका छन् । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सदस्यहरुले सपथ तथा पदभार ग्रहण गरेका  हुन् ।

अधिवक्ता वासुदेव रिजालले नवनिर्वाचित सदस्यहरुको सपथ तथा पदभर ग्रहण गराएका हुन् । सेवोन, नेप्से र सिडिएससीका प्रतिनिधीहरुले नवनिर्वाचित सदस्यलाई सुभकामना दिएका थिए ।

एसोसिएसनको ३०औं साधारणसभाले आगामी दुई वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । जसको अध्यक्षमा सागर ढकालले बाजी मारेका थिए प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारेका हुन् । उनका प्रतिद्वन्द्वी तिमिल्सिनाले ४३ मत प्राप्त गरेका थिए ।

बिहीबार सर्वसम्मत रूपमा एसोसिएसनको अध्यक्ष चुन्ने प्रयास भए पनि पनि तिमिल्सिना र ढकालबीच सहमति नजुटेपछि शुक्रबार निर्वाचन भएको थियो ।

कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । सदस्यमा विशालकुमार अग्रवाल, प्रियन्सु अग्रवाल, जयन्त श्रीवास्तव र जेलिना कँडेल छन् ।

यसअघि ब्रोकर कम्पनीका दुई एसोसिएसन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपाल रहँदै आएकोमा २८ कात्तिकदेखि मर्ज भएर एउटै बनेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार