मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘चुनावबाटै निकास सम्भव’

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ कार्तिक २०८२, मङ्गलबार

भक्तपुर । देश अहिले चुनाव र संवैधानिक सङ्कटबीचको केन्द्रबिन्दुमा उभिएको तीन राजनीतिक दलका नेताहरुले बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा नेताहरुले अहिलेको जटिल अवस्थालाई निर्वाचनबाट निकास दिन सकिने बताए ।   

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का सचिवालय सदस्य डिपी ढकालले देश कता जान्छ भन्ने ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताउँदै लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै भएकाले यसका लागि सरकारले तोकेको समयमा निर्वाचन गराउनुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशलाई अस्थिरताबाट स्थिरतामा लैजान र देशको जटिल अवस्थाबाट स्थायित्वमा लैजान निर्वाचनमा जानु नै उत्तम भएको धारणा राख्नुभयो ।

पूर्वसामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री एवम् नेकपा (एमाले)का केन्द्रीय सदस्य भगवती न्यौपानेले गणतन्त्र ल्याउन ज्यान दिन अगाडि सर्नेहरुमै अहिले संवेदनशीलता हराएको टिप्पणी गर्नुभयो । उहाँले दलहरू आरोप–प्रत्यारोपमा अल्झिएर बस्नुभन्दा निर्वाचनमा गएर निकास निकाल्नुपर्ने बताउनुभयो ।     

कार्यक्रममा रफत सञ्चार क्लबका अध्यक्ष सुशील बन्धु थापाले हालको राजनीतिक अस्थिरता, जेन्जी आन्दोलन र विदेशी हस्तक्षेपका घटनालाई देशभक्तिपूर्ण दृष्टिकोणले मूल्याङ्कन गर्दै निर्वाचनबाट अगाडि गर्नुपर्ने दलहरुको निष्कर्ष रहेको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार