भरतपुर महानगर प्रमुख दाहालद्वारा राजीनामा

रासस 691+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज राजीनामा दिनुभएको छ । उहाँले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा पत्र बुझाउनुभएको हो ।दाहालले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि महानगर प्रमुखको पदबाट राजीनामा दिनुभएको हो ।

नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं ३ को उम्मेदवार बन्न लाग्नुभएकी दाहालले कार्यपालिकाको बैठक पछि आफ्नो दोस्रो कार्यकालमा हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । दाहालको राजीनामासँगै उपप्रमुख चित्रसेन अधिकारी कार्यवाहक प्रमुख बन्नुभएको छ । अधिकारीले दाहालको नेतृत्वमा सम्पन्न गर्न बाँकी कामलाई प्रथामिकता दिने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार