मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

‘दाता’ को सहयोगले गौ संरक्षण केन्द्र सञ्चालनमा सहज

Ujyalosandeshonline 11564+ समाचार ( )
१३ कार्तिक २०८२, बिहीबार

दमौली (तनहुँ) । यहाँ छाडा गाई रेखदेखका लागि गौ संरक्षण केन्द्र सञ्चालन गरिएको छ । यो केन्द्र विसं २०७६ देखि यहाँको व्यास नगरपालिका–१० दुम्सीमा सञ्चालनमा छ । जथाभावी गाई छाडिदिँदा दुर्घटना बढ्ने र फोहर हुने क्रम बढेपछि व्यास नगरपालिकाले यो केन्द्र स्थापना गरेको हो, तर यसको व्यवस्थापनमा भने विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूको सहयोग महत्त्वपूर्ण छ ।     

गौ संरक्षण समितिका अध्यक्ष तुल्सीराम सापकोटाले संरक्षण केन्द्रमा हाल एक सय ५० भन्दा बढी गाई रहेका र यसको व्यवस्थापन जन्मदिन, वैवाहिक वर्षगाँठको अवसर पारेर व्यक्ति तथा संस्थाहरूले दिने सहयोगबाट हुँदै आएका बताउनुभयो । दानी व्यक्ति तथा सङ्घसंस्थाले विविध अवसर पारेर सहयोग गर्दा केन्द्र सञ्चालनमा सहज भइरहेको उहाँको भनाइ छ ।     

नगरपालिकाले तत्कालीन वडाध्यक्षसमेत रहनुभएका सापकोटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेर केन्द्र स्थापनाको प्रारम्भ गरेको थियो । मादी नदी किनारमा रहेको तीन सय रोपनी सार्वजनिक जग्गालाई तारबार गरेर केन्द्र सञ्चालनमा ल्याइएको छ ।

समितिका अध्यक्ष सापकोटाले भन्नुभयो, “त्यतिखेर तीन सय रोपनी तारबार गर्ने सामथ्र्य पनि थिएन । प्रत्येक वर्षको बजेटबाट विभिन्न चरण गरी तीन सय रोपनी जग्गा केन्द्र सञ्चालनका लागि संरक्षण गरेका छौ । केन्द्र स्थापना भएपछि विभिन्न ठाउँबाट गाई ल्याइन क्रम बढेको छ ।”   

गाईले दूध दिन छाडेपछि गाईलाई कहाँ लैजाने भनेर समस्यामा मानिस यसबाट लाभान्वित भइरहेका छन् । संरक्षण केन्द्रमा रहेका गाईहरू मरेपछि पनि त्यसको उपयोग गर्नेबारे योजना बनिरहेको संरक्षण समितिले जनाएको छ । “गाई मरेपछि केन्द्र आसपास रहेका गिद्धहरूको आहारका रूपमा प्रयोग गरिएको छ । छाला काडेर राखिदिन्छौँ, गिद्ध आएर खान्छन् । हड्डीलाई खाल्डो खनेर पुर्ने गरेका छौँ । अब भने हड्डीबाट पनि आम्दानी लिने सोचका साथ अगाडि बढेका छौँ, त्यसका लागि उपकरण खरिद गर्ने तयारी छ”, सापकोटाले भन्नुभयो । 

यही स्थानबाट दमौली बजारमा उत्पादित हुने कुहिने फोहरबाट बायोग्याससमेत उत्पादन गर्ने गरिरहेको छ । गाईको संरक्षणका साथै फोहर व्यवस्थापनरबाट ग्यास उत्पादन गरिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । संरक्षण केन्द्र व्यवस्थापनका लागि व्यास नगरपालिकाको सहयोगमा तीन र केन्द्रबाट एक गरी चार जना कर्मचारी नियुक्त गरिएको छ । नगरपालिकाले परालका लागि मासिक रु पाँच लाख सहयोग गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार