मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

प्रधानमन्त्री कप क्रिकेट :
प्रधानमन्त्री कपको उपाधी नेपाल पुलिसलाइ

Ujyalosandeshonline 12673+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाइ ६  विकेटले हराउदै पुलिसले उपाधी जितेको हो । 

१५५ रनको लक्ष्य लिइ मैदान प्रवेश गरेको पुलिसले ओपनर ब्याट्सम्यान कुशल भुर्तेलको अर्धशतकको सहयोगले उक्त लक्ष्य २५.२ ओभरमा ४ विकेटको क्षतिमा प्राप्त गर्‍यो । पुलिसका लागि ओपनर भुर्तेलले ६१ रन बनाए । उनले ७० बलको सामाना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ रन बनाउनुभयो भने दिलिपनाथले अविजित ३१  रन प्रहार गरे । 

बलिङमा आर्मीका साहब आलमले ३ विकेट र नरेन साउदले १ विकेट लिए ।

फाईनलमा  त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस यस अघि त्रिभुवन आर्मी क्लबले १५४ रन बनाएको थियो । भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा आफ्नो सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले पारीलाई सम्हाल्दै ७५ रन बढीको साझेदारी गरे पछि आर्मीले मध्यम स्कोर तयार गरेको थियो । 

आर्मीका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै ९ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए । कप्तान विनोद भण्डारीले २९ रन बनाए । यस्तै विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । 

आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङ तर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा १ मेडेन सहित ३० रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिदा कप्तान दिपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशी र गुलशन झाले समान १/१ विकेट लिए ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत यस पटक ४६ वटा खेलहरु खेलाईएको थियो । यी सबै खेल पहिलो पटक काठमाण्डौं बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिभागिय टोली सहित १० वटा टोलीहरुले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार