मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

माध्यमिकी परिक्रमाको तयारी तीव्र : मिथिला बिहारीमा महाआरती हुने

Ujyalosandeshonline 11540+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

जनकपुर । मिथिला क्षेत्रको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई मध्यनजर गर्दै मिथिला बिहारी महाआरती र मिथिला माध्यमिकी परिक्रमा धुमधामसँग सुरु हुदैछ । यस धार्मिक महोत्सवले नेपाल र भारतका लाखौँ श्रद्धालु र साधुसन्तलाई एकजुट गर्दै एक अद्वितीय धार्मिक यात्रा प्रस्तुत गर्ने विश्वास मिथिला बिहारी महाआरती संरक्षण समितिले लिएको छ ।

समितिका अनुसार,फागुन १५ गते बिहीवारदेखि मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपले आरम्भ हुनेछ । यस धार्मिक परिक्रमामा हजारौं भक्तजन र साधुसन्तहरू नेपाल र भारतका पवित्र धार्मिक स्थलहरूमा यात्रा गर्दै पुण्य प्राप्ति र आत्मिक शान्ति चाहन्छन् ।

मिथिलाको ऐतिहासिक परम्परा अनुसार परिक्रमा धनुषाको ठेरा कचुरी मठबाट शुरू हुनेछ । त्यसपछि विभिन्न धार्मिक स्थलहरू हुँदै भारतको कल्याणेश्वरसम्म पुग्ने समितिले जनाएको छ  । 

यस परिक्रमाको मुख्य उद्देश्य पाप नाश र पुण्य प्राप्ति हो । धार्मिक स्थलहरूको परिक्रमा गर्दा भक्तजनहरूले झाँकी, भजन र कीर्तन जस्ता धार्मिक क्रियाकलापहरूमा पनि भाग लिनेछन् । यस अवसरमा कञ्चनवन मन्दिरमा होलीको औपचारिक शुरुवात पनि हुनेछ । कञ्चनवनमा भक्तजनहरूले एकआपसमा होली खेल्ने परम्परा रहेको छ ।

यस महोत्सवको एक अन्य प्रमुख कार्यक्रम भनेको मिथिला बिहारी महाआरतीलाई लिइएको छ । महाआरती फागुन १४ गते बुधवार साँझ ७ बजे कचुरी मठमा आयोजना गरिने छ । यस भव्य आरतीमा हजारौँ श्रद्धालु र भक्तजन उपस्थित हुने अपेक्षा छ ।

महाआरतीका अवसरमा समग्र मिथिला क्षेत्रभर एक विशेष धार्मिक उत्सवको माहौल हुनेछ । यस महाआरतीले न केवल श्रद्धालुहरूको आध्यात्मिक उन्नति हुनेछ, बरु यस क्षेत्रको सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने अवसर पनि प्राप्त हुने विश्वास लिइएको छ ।

कलश यात्रा फागुन १४ गते बुधवार बिहान ८ बजे आरम्भ हुने भएको छ भने महाआरती सोही साँझ ७ बजेदेखि हुने मिथिला बिहारी महाआरती संरक्षण समितिले जनाएको छ । त्यस्तै, डोला प्रस्थान फागुन १५ गते विहिबार बिहान ८ बजे मिथिला बिहारी नगरपालिका–८ कचुरी मठबाट गरिने छ ।

यस धार्मिक यात्रा र महाआरतीका अवसरमा नेपाल र भारतका भक्तजनहरू एकसाथ आउँदै धार्मिक सहकार्य र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान दिनेछन् । मिथिला बिहारी महाआरती र माध्यमिकी परिक्रमा एक ऐतिहासिक अवसरको रूपमा रहेका छन् । समितिले सम्पूर्ण नगरवासी, विद्यार्थी, समाजसेवी, साधुसन्तलाई यस धार्मिक यात्रामा सहभागी हुन र यस महोत्सवलाई सफल बनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार