मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल ए लाइसेन्स

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ जेठ २०८२, बुधवार

काठमाडौं । न्युयोर्क,अमेरिका र कराते प्रशिक्षक तथा रेफ्री सिहान शान्त थोकरले पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स प्राप्त गरेका छन् ।  उनी पान अमेरिकनबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स पाउने पहिलो नेपाली बनेका हुन् । 

मे १९ देखि २५ तारिखसम्म मेक्सिको मोन्टेरेमा भएको ‘३८ औ सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप’ कै क्रममा भएको रेफ्री तथा जर्जको परीक्षा पास गर्दै थोकरले यो सफलता पाएका हुन्। मे २४ तारिख शनिबार उनले काता तर्फ ए लाइसेन्स पाएका हुन् ।  कुमुतेमा उनले यस अगाडि २०२३ मा नै ए लाइसेन्स पाएका थिए ।

पान अमेरिका कराते महासंघ यस क्षेत्रका ३७ वटा राष्ट्र राष्ट्रिय कराते महासंघहरुको छाता संगठन हो।  पान अमेरिकन कराते महासंघ विश्व कराते महासंघमा आबद्ध छ । पान अमेरिकन कराते महासंघले हरेक वर्ष सिनियर र जुनियर गरी दुई वटा च्याम्पियनसिप आयोजना गर्छ ।

पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा ए लेबल लाइसेन्स पाउनका लागि राष्ट्रिय रेफ्रीमा दोहोरो ए लाइसेन्स हुनुपर्छ । राष्ट्रिय रेफ्रीमा कातामा तीन र कुमिते पाँच तह पुरा गरे पछि मात्र पान अमेरिकनमा जान पाइन्छ ।

कातामा जर्ज सी, बी र ए लेबल हुन्छ । कुमुतेमा जर्जको सी, बी, ए र रेफ्री बी र ए लेबल  हुन्छ। कराते खेलमा जर्जले म्याटको चार कुनामा बसेर खेलमा निर्णय दिन्छन् भने रेफ्रीले खेल खेलाउँछन् । 

कुनै पनि लेबलको लाइसेन्स पाउनका लागि लिखित र प्रयोगात्मक परीक्षा पास गर्नु पर्ने हुन्छ। थोकरले कुमुतेमा पहिला नै ए लाइसेन्स पाएका थिए । सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप हरेक देशको राष्ट्रिय च्याम्पियनले भाग लिन्छन् । 

पान अमेरिकनमा सिनियर तर्फ हरेक तौल समूह पहिलो, दोस्रो र तेस्रो हुनेले विश्व च्याम्पियनसिपमा खेल्न पाउँछन्। यस पटकको विश्व च्याम्पियनसिप इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० सम्म हुँदैछ । थोकरलाई अब विश्व च्याम्पियनसिप खेलाउने बाटो खुलेको छ । 

थोकरले सन २०१९ देखि पान अमेरिकन च्याम्पियनसिपको यात्रा शुरु गरेका हुन् । उनले सन २०१३ मा अमेरिकी कराते महासंघबाट काता र कुमुते दुवै तर्फ दोहोरो ए लाइसेन्स पाएका थिए । ‘स्कुलमा व्यस्त हुन परेकोले अलिकति ढिलो भयो, तर खुसी छु, करातेमा मेरो मेहनत र निरन्तरताको फल हो।‘पान अमेरिकन रेफ्रीमा दोहोरो लाइसेन्स पाए पछि थोकरले भने, ‘सन२०१९ बाट शुरू गरेको यात्रा करिब ७ वर्ष पछि सफल भए ।’

थोकर अमेरिकामा कराते स्कुल खोल्ने पहिलो नेपाली हुन् उनले सन २००७ मा अमेरिकाको न्यु योर्कमा कराते स्कुल स्थापना गरेका थिए । न्यु योर्कमा स्कुल स्थापना गरेको १७ वर्ष पछाडि उनले गत वर्ष न्यु योर्कमा कराते च्याम्पियनसिपको पनि आयोजना गरेका थिए। थोकरले अब हरेक वर्ष डिसेम्बरमा आइएमए न्यु योर्क कराते च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरी सकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार