मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

लाइन होटलहरुमा मुख्यमन्त्री सिंहको अनुगमन

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरुको अनुगमन गरेका छन् । राजधानीसँग जोडिएका मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुहरुले लाइन होटलहरुमा अखाद्य खाना खुवाउने गरेको गुनासोहरु आएपछि मुख्यमन्त्री सिंहले बिहीबार राती लाईन होटलहरुको अनुगमन गरेका हुन् । 

सो क्रममा धनुषाको मिथिला नगरपालिका १० लालगढस्थित दर्जनौ लाइन होटलहरुमा अनुगमन गर्दा अधिकांश होटल मापदण्ड विपरीत रहेको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए । 

उनले खाना मात्र नभई पिउने पानी समेत पिउने लायक नरहेको बताए । आम नागरिक सरह होटलहरुमा पुगेएका मुख्यमन्त्री सिंहले ती होटलहरुको भान्सामा व्यापक फोहरको साथै कुनै मापदण्ड पालना नगरेको पाइएको बताए ।

मुख्यमन्त्री सिंहले खानाको गुणस्तरमा व्यापक सुधारको आवश्कता भएको भन्दै ती सम्पूर्ण होटलहरुलाई एक हप्ता भित्र सुधार गर्न निर्देशन दिए । एक हप्ता पछि पुनः अनुगमन गर्ने र फेरि कुनै कमि कमजोरी फेला परेमा सिँधा बन्द गर्ने चेतावनीसमेत दिए । मुख्यमन्त्री सिंहले बसका चालक र बसधनीहरुलाई कमिसनका लागि त्यस्ता होटलहरुमा बस नरोक्न समेत आग्रह गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार