मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

बुद्ध एयरका मालिकले काठमाडौंमा सुरु गरे चामलको व्यापार

Ujyalosandeshonline 11564+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

काठमाडौं । आरजु राइस मिलले स्थानीय किसानहरूको सहकार्यमा प्रिमियम एक्स्ट्रा लङग्रेन बास्नादार चामल बिक्री वितरण शुरू गरेको छ । यसलाई एभरेस्ट एरोम्याटिक सुपर लङग्रेन चामल नाम दिइएको छ ।

मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बस्नेतले पेप्सीकोलास्थित कार्यालयमा यस चामलको औपचारिक बिक्री शुरूवात घोषणा गरेका हुन् । बस्नेत बुद्ध एयरका प्रबन्ध निर्देशक हुन् । 

एभरेष्ट चामलको शुभारम्भ गर्दै बस्नेतले भने, ‘हामीले धेरै मेहेनेत गरेर नेपाली किसानको मात्र धान किनेर त्यसलाई आमउपभोक्ता माझ पुर्याएका छौं । चामलको मूल्य विदेशबाट आयातित चामलको दाँजोमा निकै सस्तो हुनेछ ।’

आयातित लंगग्रेन भन्दा स्वादिष्ट र उच्च एभरेष्ट सुपर लङग्रेन स्टीम र एभरेष्ट लङग्रेन स्टीम (तिब्बर) सार्वजनिक गरेको छ । आयातितको तुलनामा यस चामलको लम्बाई १७.४६ मिलिमिटर लम्बाई रहेको छ ।

आरजु राईस मिलले विगत केही वर्षदेखि पूर्वी नेपालका मोरङ, सुनसरी तथा झापाका चार हजार भन्दा बढी बिगाहा जग्गामा हजार्रौं किसानसँग सहकार्य गर्दै आएको छ ।

धान रोपाई अगाडि नै स्थानीय किसानका लागि चलन चल्तीको न्यूनतम समर्थन मूल्यभन्दा बढी तोकी धान खरिद गर्ने गरेको छ । आरजु राईस मिलले किसानको धानलाई मिलमा आइपुगेको दुई दिनभित्रै अनलाइन बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार