मधेशमा ‘भरदुतिया’ मनाइँदै, छठ पर्व आजैदेखि सुरु

Ujyalosandeshonline 11142+ समाचार ( )
२९ कार्तिक २०८०, बुधवार

जनकपुरधाम । मधेशमा ‘भरदुतिया’ पर्व मनाइँदै छ। भाइटीका जस्तै मधेशमा भरदुतिया मनाउने परम्परा रहेको छ । 

यस पर्वमा भाइटीका भन्दा केही विधि भने फरक रहेको छ । यस पर्वलाई भाइदुज, भरदुतिया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार दिन्छन् । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार ९मिठो पकवानसहितका सनेस० लिएर पुग्ने चलन छ ।

भरदुतियामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन बनाएर सिन्दूरको थोपा लगाइन्छ ।

दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत दिनु भनिन्छ।

त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार रुपैयाँ, गरगहना, लुगा उपहार दिने चलन छ । आजकै दिनबाट छठ पर्वको आरम्भ भएको मानिन्छ ।


प्रतिक्रिया

Shankar Jaiswal १८ भाद्र २०८१, मङ्गलबार

दैनिक आर्थिक कारोबार काउन्टर मा एक दिनमा १७ लाख ११ हजार कहाँबाट पैसा आयो त्यो दिन कारोबार गर्ने व्यक्तिसँग पनि अनुसन्धान गर्नुपर्यो। जुन स्वालम्बन ऋण माग्दाखेरि भन्छ सबै पैसा मजगावा बैंक खातामा छ म तपाईलाई चेक दिन्छु त्यो दिन पैसा बैंकमा किन जम्मा भएन। यसले प्रष्ट पार्छ कि यसमा कर्मचारीको संलग्नता छ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार