मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

एएसी ब्लक्सलाई आईएसओ चिन्ह प्राप्त

Ujyalosandeshonline 11564+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा रहेको एएसी ब्लक्सले आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी भएको छ । 

शुक्रबार भैरहवामा एक कार्यक्रमका बिच ग्लोबल क्वालिटी काउन्सिलका नेपाल प्रतिनिधि नारायण प्रसाद दवाडीले आईएसओ लोगो प्रदान गरेका छन् । कम्पनीले आफ्नो उत्पादन गुणस्तर कायम राखेको र आवश्यक सूचकहरु पुरा गरेको हुदा आगामी ३ वर्षको लागि आईएसओ चिन्ह प्रदान गरिएको दवाडीले बताए । 

‘आईएसओ लोगोले उद्योगको उत्पादनलाई आमजनतामा अझै विश्वास बढाउँदै लैजाने छ’, उनले भने, ‘अहिलेको गुणस्तरलाई उद्योगले निरन्तरता दिन सक्नुपर्छ । जसले व्यवसायिक प्रबद्र्धनमा थप सहयोग मिल्नेछ ।’

यस संगै नेपालमै उत्पादित एएसी ब्लक्सलाई अन्य देशमा निर्यातको बाटो पनि खुलेको छ । तिलोत्तमाको पश्चिम पहुनीमा उद्योग रहेको यहाबाट दैनिक २० हजार ब्लक्स उत्पादन गर्ने क्षमता रहेको यसका अध्यक्ष एवम पूर्व सांसद प्रमोद कुमार यादवले जानकारी दिए । नेपालका बिभिन्न सरकारी परियोजनाहरुमा यसको सफल प्रयोग हुदै आएको र अबको लक्ष्य भनेको भारत निर्यातको रहेको यादवले बताए । 

जर्मनी प्रविधिबाट निर्माण भएको एएसी ब्लक्स प्रदुषण मुक्त भएकोले यस तर्फ उपभोक्ताहरु आकर्षित भएको उनको भनाई छ । उच्च गुणस्तर युक्त एएसी ब्लक्स हलुका तौल, ध्वनी प्रतिरोधक, ओस, अग्नि र भुकम्प प्रतिरोधक साथै पराम्परा गत ईट्टाको तुलनामा दिगो एवम सस्तो पर्ने यसका अध्यक्ष यादवको दावी छ । 

एएसी ब्लक्स बारे जानकारी दिदै यसका विक्रि प्रवन्धक दिपक भट्टराईले थर्मल ईन्सुलेन्स भएको ब्लक्सहरुबाट घर निर्माण गर्दा निर्माण सामाग्रीको साथै समयको पनि वचत हुने हुदा यो पराम्रागत ईट्टा भन्दा सस्तो र गुणस्तरिय रहेको बताए । यहि साउन देखि उत्पादन थालेको एएसी ब्लक्सको माग उच्च रहेको छ । 

हाललाई एएसी ब्लक ४, ६ र ८ इन्चको उत्पादन गरिरहेको कम्पनीले जनाएको छ । ‘आवश्यकताका आधारमा अन्य साइजका पनि उत्पादन गर्ने तयारीमा छौं’, भट्टराईले भने । उनका अनुसार निर्माणका क्रममा जोडाइपछि भिजाउन नपर्ने, मजबुत पकड, पातलोतह–हलुका बचत, श्रमलागत र समयको बचत, काम गर्न सजिलो, उच्च भारबहन क्षमता यसका विशेषता हुन् । एएसी ब्लकको आयु ८० देखि सय वर्ष हुने कम्पनीले दावी गरेको छ ।

कम्पनीका सन्चालक धिरज मल्लिकको अध्यक्षता तथा प्रमुख कार्यकारी अधिकृत साजन भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार