मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

स्वास्थ्य नीतिको मूल नीति नै निरोगी नेपाल हो : प्रधानमन्त्री

Ujyalosandeshonline 12431+ समाचार ( )
७ असार २०८२, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको उल्लेख गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई पुरस्कार प्रदान गर्दै उनले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने भन्दै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएको बताए ।

उनले भने, ‘हामीले हाम्रो देशको स्वास्थ्य नीतिमा निरोगी नेपालको नीति लिएका छौ । स्वास्थ्य नीतिको मूल नीति नै यही हो । निरोगी नेपाल भनेको अस्पताल गएर निरोगी हुने भन्दा पनि व्यक्तिलाई निरोगी बनाउने नीति हो । निरोगी नेपाल बनाउनको लागि सरकारले एउटा खेल विशेषमा मात्र ध्यान दिएको होईन । हरेक नागरिकलाई स्वस्थ आहार उपलब्ध होस भनेर यस दिशामा सरकार काम गरिरहेको छ ।’ यस्तै, उनले अन्तराष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउने नेपाललाई चिनाउने खेलाडीहरुलाई सरकारले सम्मानित गर्ने गरेको र सधैँ गर्दै पनि जाने बताए । 

काठमाडौँ महानगरपालिका, वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो । नेपाल शाररीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदानदाताहरुलाईसम्मान गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार