मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

गौतमबुद्ध लायन्सद्वारा भैरहवामा वृक्षारोपण

Ujyalosandeshonline 12673+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

भैरहवा । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले रुपन्देहीको भैरहवास्थित पाल्पाली पथमा वृक्षारोपण तथा स्वच्छ वातावरण कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिका र वडा नं. ६ को सहयोगमा आयोजित उक्त कार्यक्रममा २३ वटा आरसीसी ब्लक (गमला) मा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरलाई हराभरा र वातावरण स्वच्छ बनाउन यस्ता सामाजिक पहलले ठूलो योगदान पुर्‍याउने बताउनुभयो । क्लबका वर्ष २०२६/०२७ का अध्यक्ष सुरज भट्टराईले वातावरण संरक्षणका लागि वृक्षारोपण गरिएको जनाउँदै सहयोग पुर्‍याउने नगरपालिकालगायत सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, डिष्ट्रिक लिडर सुनिल सेन्चुरी, निर्मला श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ता, पूर्वअध्यक्ष गौतम गुप्ता र सेराज खानलगायतले वातावरण जोगाउन वृक्षारोपणको विशेष महत्व रहेको धारणा राख्नुभएको थियो । कार्यक्रम संयोजक प्रियाबन्ध न्यौपानेले आगामी दिनमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार