मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मुगुमा विपदबाट हुने जोखिम न्युनिकरणका लागि कृतिम घटना अभ्यास

Ujyalosandeshonline 12431+ समाचार ( )
१० माघ २०८१, बिहीबार

मुगु । माघ, फाल्गुनको सुक्का समयमा मुगुमा आगलागी लगायत विपद्बाट हुने जोखिम न्यूनी करणका लागि विशेष कृतिम घटना अभ्यास प्रदर्शन गरिएको छ । सुक्खा मौसममा आगलागीका घटना बढ्ने र पूर्वतयारी कमजोर हुँदा ठूलो धनजन र मान पशुचौपायको क्षति हुने जोखिमलाई ध्यानमा राखी यस्तो अभ्यास गरिएको हो ।

कार्यक्रममा घरभित्र आगलागी भएमा नियन्त्रण गर्ने विधि , वनजंगलमा फैलिएको आगो निभाउने उपाय, खाना पकाउने ग्याँस लिक हुँदा सम्भावित दुर्घटना बाट कसरी बच्न सकिन्छ भन्ने ज्ञानको बारेमा जानकारी गरीएको  थियोे । 

त्यस्तै कुनै व्यक्तिको शरीरमा आगो सल्किएमा तत्काल अपनाउनुपर्ने उपायका साथै अग्नि नियन्त्रण उपकरणहरूको सही प्रयोग सम्बन्धी जानकारीको साथै अभ्यास  समेत  गरीएकको हनुमानध्यज गुल्मका गुल्मपति बसन्त नाथ योगीले बताए ।

जिल्ला विपद प्रतिकार्य समितिको समन्वय , नेतृत्व नेपाली सेना ,सहकार्य  , नेपाल प्रहरी, सशस्त्र प्रहरी, संलग्न नगर प्रहरी ,नेपाल रेडक्रस ,नेपाल पत्रकारको  सहभागिता रहेको थियो । यो अभ्यास मार्फत विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरमा आवश्यक चेतना फैलाउने प्रयास गरिएको  थियो ।

समिक्षा कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी प्रसाद पाण्डेका अनुसार यो आगलागी नियन्त्रण तथा यसबाट हुने मानबिय, धनजन ,पशुचौपाय ,बनजङ्खल आगलागीबाट जोगाउनको लागि निकै सन्देश मुलक अभ्यास रहेको छ ।  

आगलागीका घटनाहरूको उच्च जोखिम रहेको मुुगुको सदरमुकाम गमगढी बजार र जिल्लामा रहेका सबै क्षेत्रमा यस्ता अभ्यास गरी जनचेतना दिँदा दीर्घकालीन प्रभाव हुने छ । यो अभ्यासमा पाएको शिक्षामा सहभागीहरुले सिकेका कुराहरु यस्ता आगलागीका घटना भएको क्षेत्रमा प्रयोग र शिक्षा दिन समेत अनुरोध गरेका छन् ।

बिगतदेखी गमगढी बजारमा र अन्य गाँउ बस्तीहरुमा रहेका साघुरो बाक्लो बस्ती भएको हुनाले आगलागीका बढी घटना हुने भएकोले आगलागी सम्बन्धि जनचेतना गाँउ बस्ती बस्ती टोल टोलमा दिन आवश्यक रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार