मुख्य समाचार
पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक | सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ | बाजुरामा साइबर अपराध, बाल विवाह र बाल यौन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न | सांसद पौड्याल | घुस लिएको अभियोगमा मुद्दा दायर | जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो |

फ्यूचर लाईटमा कोरियन भाषाको पाठ्यक्रम पढाईने

Ujyalosandeshonline 11573+ समाचार ( )
११ पौष २०८०, बुधवार

भैरहवा । भैरहवामा रहेको फ्यूचर लाईट हाई स्कूलमा कोरियन पाठ्यक्रम पढाईने भएको छ । नेपाल सरकारबाट स्विकृत पाठ्यक्रम अनुसार आगामी शैक्षिक सत्र देखि बिद्यालयमै कक्षा ९ देखि कोरियन भाषा सहितको पाठ्यक्रम सुरु गरिने बिद्यालयका सञ्चालकले जानकारी दिएका छन् । 

बुधबार बिद्यालयमा आयोजित एक कार्यक्रममा दक्षिण कोरियाको दूतावासले बिद्यालयलाई पाठ्यक्रममा आधारित कक्षा ९ को पुस्तकहरु हस्तान्तरण गरेको छ । नेपालमै पहिलो पटक पाईलट प्रोजेक्टको रुपमा रुपन्देहीको फ्यूचर लाईट हाई स्कूलबाट बिद्यालय स्तरमै कोरियन पाठ्यक्रम सुरु गरिएको हो । बिद्यालयका सञ्चालक गम्भिर गुरुङ्गले कक्षा १२ सम्मको अध्यापन क्रमश आफ्नै बिद्यालयबाट गराईने जानकारी दिए । 

यसले बिद्यार्थीहरुलाई भविष्यमा कोरिया अध्ययनको लागि जान अतिरिक्त भाषाको कक्षाहरु लिनुपर्ने झण्झट हट्ने उनले बताए । “हामीसंगै यसको अध्यापन गराउने दक्ष जनशक्ति छ, कोरिया सरकारसंगको सहकार्यमा शिक्षकहरु उत्पादन गरेका छौं ।” गुरुङ्गले भने “यस क्षेत्रमा अन्य बिद्यालयले कोरियन भाषाको पाठ्यक्रम सुरु गर्न खोजे उनिहरुलाई पनि शिक्षक उपलब्ध गराउन सक्छौं ।”

गुरुङ्गले आगामी बैशाख महिना देखि आफ्नै बिद्यालयका ३८ जना बिद्यार्थीहरुबाट कोरियन भाषाको पाठ्यक्रम सुरु गर्ने बताए । त्यसको लागि आवश्यक पर्ने पुस्तकहरु दक्षिण कोरिया दूतावासले उपलब्ध गराएको छ । बुधबार एक कार्यक्रमका बिच दूतावासकी काउन्सिलर किम युन्मी सुङले पुस्तक हस्तान्तरण गरेकी हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार