मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

माओवादीका प्रदेश इन्चार्ज हेरफेर

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बुधबार सम्पन्न बैठकले सातवटै भूगोल, गैरभौगोलिक प्रदेश र प्रवासको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी हरिबोल गजुरेलले पाएका छन् भने सहइन्चार्जको जिम्मेवारी सावित्रिकुमारी काफ्लेलाई दिएको छ ।

त्यस्तै, मधेशको इन्चार्जमा लिलामणि पोखरेललाई यथावत राख्दै सहइन्चार्जको जिम्मेवारी विश्वनाथ साहलाई दिइएको छ ।

बागमतीको इन्चार्ज पार्टी प्रवक्ता सापकोटा नै बनेका छन् भने सहइन्चार्ज टुंगो लाग्न सकेको छैन।

यसैगरि, गण्डकीको इन्चार्जमा दिनानाथ शर्मालाई तोकिएको छ भने सहइन्चार्जमा हरिराज अधिकारी रहेका छन् ।

लुम्बिनी इन्चार्जमा चन्द्रप्रकाश खनाल रहेका छन् भने सहइन्चार्जमा कुलप्रसाद केसीले जिम्मेवारी पाएका छन् ।

कर्णाली इन्चार्जको जिम्मेवारी कालीबहादुर मल्लले पाएका छन् भने सहइन्चार्जको टुंगो लाग्न सकेको छैन ।

उता सुदूरपश्चिम इन्चार्जमा गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ भने सहइन्चार्ज बिना मगर बनेकी छिन् ।

विशेष प्रदेशको इन्चार्जको जिम्मेवारी हितमान शाक्यले पाएका छन् भने सहइन्चार्जमा यशोदा सुवेदी रहेकी छिन् ।

प्रवास अन्तर्गत मध्यपूर्वको इन्चार्जमा पम्फा भुसाल, भारतको इन्चार्जमा लक्ष्मण पन्त र सहइन्चार्जमा टिबी पाठक रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार