मुख्य समाचार
जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु | ओमसतियामा गाउँपालिकाको आधुनिक प्रशासनिक भवनको शिलान्यास | एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत | आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन |

इलाका प्रशासन कार्यालय मझगावाँमा चोरी

Ujyalosandeshonline 11569+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

मर्चवार । इलाका प्रशासन कार्यालय मझगावाँ रुपन्देहीमा चोरी भएको छ । उक्त कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचय पत्र सेवाको कोठा नं. २ को ताला तोडिएर चोरी भएको इलाका प्रशासन कार्यालय मझगावाँका प्रमुख यज्ञराज पोख्रेलले बताए । 

गत राती अज्ञात ब्यक्तले ताला तोडेर राष्ट्रिय परिचय पत्र बनाउने ल्यापटप तथा क्यामरा चोरी लगेको कार्यालय प्रमुख पोख्रेलले बताए । उनले भने ‘कार्यालयमा सिसिटीभी क्यामरा रहेको छैन त्यसैले चोरी गर्न आएको कुनै ब्यक्तिको पहिचान खुलेको छैन । विहान कर्मचारी आएपछि ताला तोडिएको अवस्थामा देख्न साथ सबैलाई खबर गरिएको छ ।’

उक्त कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचय पत्र, मधेशी दलित लगायतका प्रमाणितका सेवाहरु प्रदान हुदै आएको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिएका छन् , । इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले चोरी घटनाको अनुसन्धान शुरु भएको बताए । आवश्यक जनशक्ति सहित उक्त घटनाको  अनुसन्धान गर्न थालिएको प्रहरी निरीक्षक बस्यालले बताए ।

उनले भने ‘चोरी भएको इलाका प्रशासन कार्यालय मझगावाँमा सिसिटीभी क्यामरा छैन अन्य नजिक रहेको अन्य कार्यालयमा जडान भएको क्यामराको सहायता सहित विभिन्न प्रविधिको प्रयोग गरी कडा अनुसन्धान गर्न थालिएको छ । ’ उक्त घटनामा एक थान एचपी कम्पनीको ल्यापट र एक थान क्यानान कम्पनीको क्यामरा चोरी भएको प्रराम्भिक अवस्था खुल्न आएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार