मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

जनसरोकारका मुद्धमा लुम्बिनीका मुख्यमन्त्रीको ध्यान

Ujyalosandeshonline 11540+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नजसरोकारका योजनाहरुको अनुगमन सुरु गर्नु भएको छ । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–७ र ८ मा रहेको बाणगंगा नदीमा भत्किएको पक्कि पुल र चिस्यान केन्द्रको अनुगमन गर्नु भएको हो । संघीय सरकारको बजेटबाट करिब चार बर्ष अघि बाणगंगा नदीमा पक्कि पुल बनेको थियो  

निर्माण सम्पन्न भएको दुई बर्षको अवधिमा पुल भत्किएपछी आवागमन अवरुद्ध छ । कपिलवस्तु र अर्घाखाँची जिल्ला जोड्ने पुल भत्किएपछी समस्या परेको भन्दै स्थानीयहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । अनुगमनको क्रममा मुख्यमन्त्री आचार्यले पुल पुनः निर्माणको लागि प्रदेश सरकारले पहल लिने बताउनु भएको छ ।‘पक्कि पुल बनेको तर, बनेको केही बर्ष भित्रै भत्किएको अवस्था रहेछ । संघीय सरकारको आयोजना भएकाले पुनः निर्माणको लागि संघीय सरकार समक्ष प्रदेश सरकारले पहल गर्छ’उहाँले भन्नुभयो,‘नागरिकहरुले दुःख पाउनु भएको छ । कसरी हुन्छ यहाँ पुनः पुलको काम अघि बढाउन जरुरी छ ।’

जहदी–कुपुवा–बनगाई–मोतिपुर–डोटेपुर सडक खण्ड अन्तरगत बाणगंगा नदीमा उक्त पुल बनेको थियो । मुख्यमन्त्री सहित भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल अनुगमनमा सहभागी हुनुहुन्थ्यो । यस्तै बाणगंगा नगरपालिका–७ मा निर्माणधिन चिस्यान केन्द्रको पनि मुख्यमन्त्री आचार्यले अनुगमन गर्नु भएको छ । कृषि उपज सामाग्रीको सुरक्षित भण्डारणका लागि चिस्यान केन्द्र बनिरहेको हो । तर, अझैं आयोजना सञ्चालनमा आउन सकेको छैन् ।

चिस्यान केन्द्र निर्माणको काम सम्पन्न गरेर सेवा सुचारु गर्न मुख्यमन्त्री आचार्यले सम्बद्ध पक्षमा अनुरोध गर्नु भएको छ ।‘संरचना बन्ने तर, त्यो प्रयोगमा नआउने अवस्था छ । यस्तो अवस्था आउन दिनुहुदैन । जहाँ लगानी हुन्छ, त्यसको पूर्ण सदुपयोगमा ध्यान दिनुपर्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रतिफल दिने आयोजनाहरुलाई अघि बढाउने प्रदेश सरकारको योजना छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार