मुख्य समाचार
सिद्धार्थनगर–९ मा उद्घोषण कला तथा माइन्युट लेखन सम्बन्धी ७ दिने तालिम सुरु | जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता | रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य | सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया | झापामा रगतको माग उच्च | बाबियाचौरमा बस्ति संरक्षण योजना कार्यान्वयनमा | ओमसतियामा सार्वजनिक सुनुवाइ: 'चुस्त प्रशासन र भ्रष्टाचारमुक्त गाउँपालिका हाम्रो प्राथमिकता' | ओमसतियामा कानुनी प्रशिक्षण सम्पन्न: 'कानुनको अज्ञानता क्षम्य हुँदैन' | ‘सुकुम्वासी नागरिकको दीर्घकालीन समाधान खोज्नुपर्छ’ | कञ्चनपुरका निजी विद्यालयलाई अवैध शुल्क नलिन निर्देशन |

गुल्मीमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राही बढे

मनु सुनार 31+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

गुल्मी । पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने नागरिकहरुको भिडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालयले पछिल्लो एक हप्तामा सम्पादित कार्यहरुको जानकारीका लागि सार्वजनिक विवरणमा यस्तो देखिएको हो । पछिल्लो एक हप्तामा ५३६ जनाले राष्ट्रिय परिचयपत्रका आवेदन दिएका छन् । 

तर जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, राष्ट्रिय परिचयपत्र बनाउन भिड लागेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले राष्ट्रिय परिचयपत्र बनाउन हताररिन नपर्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा नियमित रुपमा नागरिकता, राहदानी लगायत राष्ट्रिय परिचयपत्र वितरण र विवरण संकलनको कार्य हुँदै आएको छ । तर हिजो आज जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन नागरिकहरुको अन्य समयमा भन्दा भिडभाड हुने गरेको हो । 

सरकारले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि श्रावण १ गते देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिएको छ । सुरुमा सरकारले देशमा अन्य २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दैछ । तर सरकारले उल्लेख गरेका २८ जिल्लामध्ये गुल्मी जिल्ला त्यसमा अहिले नपर्ने भएकाले राष्ट्रिय परिचयपत्र बनाउन हतार–हतार गर्दै जिल्ला प्रशासन आउन पर्ने अवस्था नरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताउनुभयो । 

‘सामाजिक सुरक्षा भत्ता नविकरणका लागि श्रावण १ गते देखि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारले नीति लिएको छ । सरकारले सुरुमा २८ जिल्लामा यो नीति लागू गर्दैछ । त्यसमा अहिले गुल्मी जिल्ला पर्दैन् । हतार–हतार गर्दै राष्ट्रिय परिचय पत्र बनाउन आत्तिनुपर्ने अवस्था छैन् ।’ उहाँले भन्नुभयो । 

प्रमुख जिल्ला अधिकारी शर्माले बृद्ध, जेष्ठ नागरिक, अपांग, अशक्तहरुका लागि जिल्लाका सबै पालिकाहरुको समन्वयमा पालिकामै गएर राष्ट्रिय परिचय पत्र वितरण र विवरण संकलनको कार्य गरिने बताउनुभयो । उहाँले हतार गरेर राष्ट्रिय परिचयपत्र बनाउन आत्तिन पर्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । 

 यस्तै पछिल्लो एक हप्तामा ३४६ नयाँ नागरिकता प्रमाणपत्र जारी भएको छ । १४४ जनाले नागरिकताको प्रमाणपत्र प्रतिलिपि लिएका छन् । ५ जनाले नाबालक परिचयपत्र लिएका छन् । २८० जनाको राहदानीका लागि आवेदन संकलन गरिएको छ । त्यस अवधिमा १७३ राहदानी वितरण गरिएको छ । 

४६ राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०५ जनाले दलित, जनजाति, पारिवारिक विवरुण तथा अन्य प्रमाणित गरेका छन् । सोही अवधिमा १४ लाख ७६ हजार राजश्व संकलन भएको छ । जसमा राहदानीबाट १४ लाख ७० हजार र संस्था दर्ता तथा नविकरणबाट ६ हजार राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार