मुख्य समाचार
बिक्री गर्न लगिँदै तरभूजा | हुलाकी सडक फराकिलो बनाउन आग्रह | अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म | भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन |

नरबहादुर कर्माचार्य वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतिक : अध्यक्ष दाहाल

Ujyalosandeshonline 11174+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको प्रतिक भएको बताएका छन् । 

बुधबार नरबहादुर कर्माचार्य स्मृति सभा तथा प्रतिष्ठानकोले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कर्माचार्यले सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा नछोडेको उल्लेख गर्दै आउँदो पुस्ताले पनि उहाँलाई पछ्याइरहनुपर्ने बताए । 

उनले भने, ‘नरबहादुर कर्माचार्य हामी सबैका अभिभावक हुनुहुन्थ्यो । वैचारिक निष्ठा र राजनीतिक वैचारिकताको एउटा प्रतिक हुनुहुन्थ्यो । सरलता, पारदर्शिता र अन्तिम समयसम्म पनि क्रान्तिप्रतिको निष्ठा उहाँले कहिले पनि छोड्नु भएन ।

एउटा अभिभावकले दिने सुझाव र सल्लाहहरु दिइनै राख्नुहुन्थ्यो । मैले विगतमा पनि पटक पटक भनेको छु क्रान्तिकारी आन्दोलन खासगरि मेरो नेतृत्वमा जनयुद्धको तयारी हुँदै गर्दा कम्रेड नरबहादुर कर्माचार्य र उहाँको परिवारको सदस्यहरु पनि मलाई धेरै ठुलो प्रेरणा र सहयोग गर्नुभएको थियो ।’

कर्माचार्यले जीवनको उत्तरार्धमा पनि क्रान्तिकारी आन्दोलनप्रति सकारात्मक भाव राखेकै कारण माओवादी जनयुद्ध सफल एको दाहालको भनाइ थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार