मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

पश्चिम नवलपरासीमा चोरी गर्ने ६ जना पक्राउ

Ujyalosandeshonline 11171+ समाचार ( )
९ पौष २०८०, सोमबार

परासी । पश्चिम नवलपरासीमा चोरी गर्ने ६ जना पक्राउ  परेका छन् । सरकारी कार्यालयदेखि विभिन्न व्यक्तिहरूको घरमा पसेर चोरी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो ।

यस्तै,पक्राउ परेकाहरूबाट विभिन्न समयमा चोरी गरेका सामग्रीसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूले विभिन्न समयमा सुनवल र रामग्राम नगरपालिकामा रहेका सरकारी कार्यालय र व्यक्तिको घरमा पसेर गरगहनादेखि विभिन्न सामानहरू चोरी गरेको प्रहरीले जनाएको छ ।

यसैबिच,चोरी गर्नेमध्ये सुनवल क्षेत्रबाट ३ जना र रामग्राम नगरपालिका क्षेत्रबाट ३ जना पक्राउ परेका हुन् ।

चोरी गरे पश्चात् सामान खोजतलास गरिदिन भन्दै पीडितहरूले शंकास्पद व्यक्तिहरूको हुलियासहित उजुरी दिएको सोही आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रमेश बोहराले जानकारी दिए । ​

यस्तै,सुनवल क्षेत्रमा चोरी गरी पक्राउ पर्नेमा बर्दघाट नगरपालिका-१ घर भई हाल सुनवल नगरपालिका-२ खैरनी बस्ने अविनाश पंगेनी, गुल्मी मुसीकोट नगरपालिका- ९ घर भई हाल सुनवलकै खैरनी बस्ने सुवास विश्वकर्मा र रोल्पा खुमेल गाउँपालिका घर भई हाल सुनवलकै खैरनी बस्ने मिलन घर्ती मगर छन् ।

त्यस्तै,रामग्राम नगरपालिकाको परासी बजारस्थित स्वास्थ्य कार्यालयबाट कम्प्युटर, साइकल चोरी गर्ने व्यक्ति पनि पक्राउ परेका छन् । उनीहरूले गत शनिबार राति कार्यालयको दुई तलामा रहेको कोठाबाट उक्त सामग्री चोरी गरेको प्रहरीले जनाएको छ ।

चोरीका सामानसहित पक्राउ पर्नेमा रामग्राम नगरपालिका-६ पोखरापालीका कृष्णमोहन अग्रहरी बनिया, वडा नं. ५ का अमृत अग्रहरी र वडा नं. ७ उजैनीका रोशन आचार्य रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने ६ जना १९ देखि ३१ वर्ष उमेर समूहका छन् । उनीहरू सबैलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार