मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

मकवानपुर गोल्डकप : एपीएफ क्लब अन्तिम आठमा

Ujyalosandeshonline 12673+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

हेटौंडा। सशस्त्र प्रहरीको एपीएफ क्लब हेटौंडामा जारी छैटौँ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्ड कपको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ ।

गोलरक्षक एञ्जल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेपछि ए डिभिजन टोली मच्छिन्द्रलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै एपीएफ विजयी भएको हो ।

एपीएफका गोलरक्षक श्रेष्ठले टाइब्रेकरमा दुईवटा प्रहार बचावट गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद दशहजार रुपैयाँ प्राप्त गरे ।

निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको नतीजाका लागि सोझै टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा एपीएफको तर्फबाट विदेशी खेलाडी एनिसेट, फोडे फोफना, कुलदिप कार्की र दीपेश धिमालले गोल गरेका थिए ।

मच्छिन्द्रको तर्फबाट विमल घर्तिमगर, झिजोबा क्रिस्पटिफोर र सौरव लिम्बुले गोल गरेका थिए । मच्छिन्द्रका सनिस श्रेष्ठ र करिमको प्रहार एपीएफका गोलरक्षकले बचाउ गरेका थिए ।

खेलमा अग्रता एपीएफले नै लिएको थियो । उसका लागि विदेशी खेलाडी एनिसेटले गोल गरेका थिए । उनले कुलदिप कार्कीको पासमा हेडमार्फत् ३९ औं मिनेटमा गोल गरेका हुन् । खेलमा अग्रता लिएपनि स्टार खेलाडीले भरिएको मच्छिन्द्रले एपीएफलाई दबाबमै राखेको थियो । 

खेलको ७२ औं मिनेटमा मच्छिन्द्रका लागि नेपालका चर्चित स्ट्राइकर विमल घर्तिमगरले हेडमार्फत् गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । 

उनले सौरवले लिम्बको क्रसलाई सदुपयोग गरेका थिए । एपीएफले दोस्रो चरणमा थ्रीस्टारको सामाना गर्नेछ । हेटौंडा–६, गौरिटारमा जारी प्रतियोगिताअन्तर्गत् शुक्रबार नेपाल पुलिस क्लब र धनकुटाको राजारानी फुटबल क्लबवीच प्रतिस्पर्धा हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै