मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई गृहमन्त्रीको निर्देशन

Ujyalosandeshonline 11540+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

सुर्खेत ।  गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन ।  

गृहमन्त्री रमेश  लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि हामी दुई ठूला दलहरु मिलेर समस्या समाधान गरेको बताए । साथै उनले दुई ठूला दल एमाले काँग्रेस मिलेर संविधान बनाएको बताएका छन् ।

यो सरकार केही मानिसहरुलाई मन्त्री  बनाउन र सरकार बनाउँनका लागि मात्र सरकार बनेको हैन । केही विशेष परिस्थितलाई सम्बोधन गर्न हामी एक ठाउँमा उचिएका हौं । आर्थिक क्रियाकलाप कम्जोर बने । त्यसलाई चलाएमा बनाउन हामी एक ठाउँमा उभिएका हौँ । ६८ वर्षमा ७ वटा संविधान बनाउने विश्वका विरलैमध्ये एक नेपाल हो । धेरै संविधान बनाउनु भनेको देश अस्थित हुनु हो । हामी स्थितरका लागि सरकार बनाएका छौं । ’

उनले जनतामा डेलिभरीको समस्या भएको बताए । धेरै विषय गृहमन्त्रालयसँग जोडिएकाले मातहतका निकाय चनाखो हुनुपर्ने अवस्था रहेको बताए । 

उनले शान्ति सुरक्षा,लोकतन्त्र प्रवाह हुनपर्ने सेवाको स्थिती सुदृढ गर्न कुनैपनि सम्झौंता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् । 

उनले अनुशासन कायम राख्नुपर्ने समेत बताएका छन् । उनले भने, ‘लोकतन्त्र भनेको अनुशासनको परिवर्तन हो ।  अपराधकर्ताको व्यवस्था होइन् ।’ व्यक्तिको चरित्र हत्या गर्ने, जाति धर्म र क्षेत्रको विचमा दोस लगाउने खालको गतिविधीमा केन्द्रित हुनुपर्ने बताए । सरकारको स्थायित्व,मुलुकको स्थायीत्व र दिगो विकासबाट सरकार बनेकोले यसलाई नियन्त्रण गर्नेतिर पनि हामी केन्द्रीत हुनपर्ने बताए ।  

उनले अपराध गर्नेहरु सबै कानुनी दायरामा आउनुर्ने बताए । हाँसेर मात्र सेवा प्रवाह गरेमात्र आधा समस्या समाधान हुने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार