मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रूपन्देही सुपरलिगः लुम्बिनी शाक्यन विजयी

Ujyalosandeshonline 12437+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

भैरहवा । लुम्बिनी शाक्यन क्लबले बुद्ध क्रिकेट क्लबलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनीले बुद्धलाई २५ रनले पराजित गरेको हो । 

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ४६ रन बनायो । उसका लागि विष्णु थापाले ३२, जावेद खानले २९, अजमत अलीले २३ र संजय राजभरले १३ रन जोडे । बलिङमा बुद्धका अजित यादव र अजय त्रिपाठीले ३–३ तथा अमित अग्रहरीले २, अनुज चौहान र प्रवेज अन्सारीले १–१ विकेट लिए । 

१ सय ४७ रनको लक्ष्य पछ्याएको बुद्ध ३० ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय २१ रनमा समेटियो । उसका लागि प्रवेज अन्सारीले ३४, रामकृष्ण यादवले अविजित ३१ र अजित यादवले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनी शाक्यनका बैतुल्लाह खानले ४, अहम्मद खान र विष्णु थापाले २–२ तथा अजमित अली र संजय राजभरले १–१ विकेट हात पारे । खेलमा लुम्बिनी शाक्यनका बैतुल्लाह खान प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए । 

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार