मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

मुगु गाउँको सुनसान अवस्थाः चिसोले गर्दा स्थानियवासीहरू पलायन

दान बहादुर बुढा 45+ समाचार ( )
१८ मंगशिर २०८२, बिहीबार

मुगु । हिमाली जिल्लाको मुगु जिल्लामा अवस्थित मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर २ मा पर्ने मुगु गाउँ चिसोको कारणले सुनसान बनेको छ। अत्यधिक जाडो र हावासँगै चिसोको स्तर हदभन्दा बढी बढ्दा यहाँका १२० घरपरिवारका मानिसहरू गाउँ छोडेर पलायन भएका छन् ।

समुद्री सतहदेखि करिब ३३ सय मिटर उचाइमा रहेको मुगु गाउँमा हरेक वर्षको मंसिर महिनामा चिसोको मात्रा अत्यधिक बढ्ने गर्दछ। चिसोबाट बच्नका लागि यहाँका स्थानीयवासीहरू प्रत्येक वर्ष गाउँ छोड्ने गर्छन। यस वर्ष पनि गाउँ छोड्ने परम्परा जारी राख्दै, स्थानीयवासीहरू सिरानी चौर, पुलु, र गमगढी जस्ता स्थानहरूमा सुरक्षित स्थानमा सर्ने गरेका छन् ।

गाउँमा रहेका नाक्चेलाग्ना सीमा प्रहरी चौकी, स्वास्थ्य संस्था, शिक्षा संस्था र स्थानीय सरकारको वडा कार्यालयका कर्मचारीहरू पनि गाउँ छोडेर सुरक्षित स्थानमा सरेका छन् । चिसोका कारण गाउँका बारीहरूमा कुनैपनि अन्न उब्जनी समेत हुँदैन् । यसै कारण गाउँमा हाल केवल दुई जना पुजारी र केही चौरी मालिकहरू मात्र बसीरहेका छन् ।

मुगु गाउँका स्थानिय चारा टासी लामाले जानकारी दिएका छन् कि चैत र बैशाख महिनासम्म गाउँमा केवल कृषि काम र विकास निर्माणका कामहरू मात्रै हुने गर्दछन्। यस समयमा अन्य गतिविधिहरू कम हुने गर्छन् । मुगु गाउँमा रहेका अधिकांश परिवारहरूले बिसाइतको माहौलमा गर्मी मौसममा मात्र गाउँमा बस्ने गरेको पाइएको छ। जाडो मौसममा तापक्रम अत्यधिक तल जाने हुँदा स्थानीयवासीहरूको जीवन यापन कठिन बन्दै जान्छ। त्यसैले उनीहरू प्रत्येक वर्ष चिसोको सामना नगर्ने उद्देश्यले अन्य स्थानमा सर्ने गरेका छन्।

यस वर्ष पनि मुगु गाउँको सन्दर्भमा स्थानीय प्रहरी चौकी, स्वास्थ्य कर्मी र शिक्षकहरूले गाउँ छोडेर सिरानी चौर र अन्य स्थानमा सरेका छन् । चौरीहरूको रेखदेखका लागि यहाँका केही मालिकहरू पाटन तिर गएका छन्।मुगु गाउँका वडा अध्यक्ष च्यावा लामाले भने, “गाउँ सुनसान बनेको छ। यहाँ केही घरपरिवार र केही चौरी मालिकहरू मात्र बाँकी छन्। चिसोका कारण यहाँका अधिकांश नागरिक सुरक्षित स्थानमा सरेका छन् । त्यो सामान्य प्रक्रियामा परेको हो ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार