मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको ३९औँ स्थापना दिवस सुरु, पहिलो दिन सरसफाइ तथा डस्टबिन वितरण

Ujyalosandeshonline 12673+ समाचार ( )
३ श्रावण २०८३, आइतबार

बुटवल । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन, रूपन्देही–लुम्बिनीको ३९औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम शनिबारदेखि सुरु भएको छ। स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै एसोसिएसनले पहिलो दिन बुटवल–२, मेनाबजारस्थित अटो भिलेज परिसरमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको हो।

वातावरण संरक्षण, सरसफाइ प्रवर्द्धन तथा सार्वजनिक स्थललाई स्वच्छ राख्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा अटो भिलेज क्षेत्रको सरसफाइ गर्नुका साथै विभिन्न स्थानमा डस्टबिनसमेत वितरण गरिएको थियो। एसोसिएसनले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी समुदायलाई प्रत्यक्ष लाभ पुग्ने सामाजिक तथा जनहितका कार्यक्रममार्फत मनाउने नीति अनुरूप अभियान सञ्चालन गरेको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसोसिएसनका पूर्वअध्यक्ष बाबुलाल पाण्डेले संस्थाले व्यवसायिक हितका विषयमा मात्र नभई आफ्नो कार्यक्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरसफाइजस्ता अभियानलाई निरन्तरता दिँदै आएको बताए। यस्ता गतिविधिले व्यवसायिक समुदाय र सर्वसाधारणबीच सकारात्मक सन्देश प्रवाह गर्नुका साथै वातावरण संरक्षणमा समेत योगदान पुग्ने उनको भनाइ थियो।

एसोसिएसनका अध्यक्ष प्रेम गौचनले ३९औँ स्थापना दिवसका अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम तय गरिएको जानकारी दिए। उनका अनुसार साउन ३ गतेदेखि १३ गतेसम्म सामाजिक, स्वास्थ्य, वातावरण तथा खेलकुदसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। स्थापना दिवसलाई समाजसँग जोडेर समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गतिविधिलाई प्राथमिकतामा राखिएको उनले बताए। अध्यक्ष गौचनले सम्पूर्ण सदस्य, व्यवसायी तथा सरोकारवालालाई सप्ताहव्यापी कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

एसोसिएसनका महासचिव पुनित पोखरेलका अनुसार साउन ४ गते वृहत् रक्तदान कार्यक्रम, ६ गते वृक्षारोपण, ८ गते ब्याडमिन्टन प्रतियोगिता, ९ गते फुटसल प्रतियोगिता तथा १३ गते समापन एवं पुरस्कार वितरण कार्यक्रम आयोजना गरिनेछ। यी कार्यक्रममार्फत सदस्यबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै समाजप्रति संस्थाको दायित्वलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको उनले बताए। कार्यक्रम संयोजक दीपक पंगेनीले एसोसिएसनले मेनाबजार अटो भिलेज क्षेत्रमा लामो समयदेखि नियमित सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे। यस्ता अभियानका कारण पछिल्लो समय क्षेत्रको सरसफाइ व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको उनको दाबी थियो।

सरसफाइ कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति बुटवलको युवा संगठन, सशस्त्र प्रहरी बल, सुरक्षा बेस बुटवल, मध्यपश्चिम पृतना ईएमई गण योगीकुटी, फूलबारी सहकारी, धनवर्षा सहकारी, सिर्जनशील दिदीबहिनी आमा समूहलगायत विभिन्न संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। एसोसिएसनले स्थापना दिवसका अवसरमा सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रममार्फत सामाजिक सेवा, वातावरण संरक्षण, स्वास्थ्य सचेतना तथा खेलकुद गतिविधिलाई एकसाथ अघि बढाउँदै समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार