मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

टी २० विश्वकपको तालिका प्रकाशित नेपाल समूह डीमा

Ujyalosandeshonline 11566+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

काठमाडौं । टी–२० विश्वकप २०२४ को खेलतालिका औपचारिक रुपमा सार्वजनिक भएको छ । टी–२० ढाँचाको यो महत्वपूर्ण प्रतियोगिता संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट संयुक्त रुपमा सुरु हुनेछ । पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५–५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि टोलीलाई ४–४ को २ समूहमा विभाजन गरिनेछ । सुपर–८ पछि सेमिफाइनल र फाइनलको बाटो तय हुनेछ ।

प्रतियोगिताको पहिलो खेल जुन १ मा आयोजक अमेरिका र क्यानडाबीच हुनेछ । नेपाली टिम समूह डीमा रहेको छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड रहेका छन् । 

नेपालले जुन ४ तारिखमा  नेदरल्याण्डसँग खेल्दै विश्वकपको यात्रा तय गर्ने छ । यो खेल डालसमा हुने छ । यसैगरी ११ जुनमा श्रीलंकासँग लाउडरहिलमा खेल्न छ ।  १४ जुनमा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग सेन्ट भिनसेन्टमा खेल्ने छ ।  

समूह ए – भारत, पाकिस्तान, आयरल्याण्ड, अमेरिका र क्यानडा।

समूह बी – इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान

समूह सी – न्यूजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी

समूह डी – दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड र नेपाल

सन् २०२४ को टी–२० विश्वकपमा कुल ५५ खेल खेलिनेछन् जसमा समूह चरणका ४० खेल जुन १ देखि १८ सम्म हुनेछ । त्यसपछि जुन १९ देखि जुन २४ सम्म सुपर ८ मा दुई समूहका कुल १२ खेल हुनेछन् । सेमिफाइनल खेल २६ र २७ तारिखमा हुनेछ भने फाइनल खेल २९ गते हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार