मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मोबाइल व्यवसायी संगठनद्वारा रोहिणीमा आगलागीपीडितलाई राहत वितरण

Ujyalosandeshonline 12431+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

भैरहवा । मोबाइल व्यवसायी संगठन रुपन्देहीले आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । संगठनले मंगलबार रोहिणी गाउँपालिकाका आगलागी पीडितहरुलाई भाडाकुडा तथा लत्ताकपडा प्रदान गरेको हो ।

आगलागीका कारण नागरिकले अत्यन्तै कष्टपूर्ण जीवन बिताउन बाध्य भएकाले केही भए पनि सहयोग पुगोस् भनेर राहत सामग्री वितरण गरिएको संगठनका अध्यक्ष बैजनाथ गुप्ता (बी.एन.)ले बताए । उनले भने, ‘धेरै ठूलो सहयोग त गर्न सकेका छैनौ । तर, आफ्नो क्षमता अनुसार मोबाइल व्यवसायीले सहयोग गर्ने चाहना राखेर पीडितको घरदैलोमा पुगेका हौं । हरेक दुःखकष्टमा साथ छौं । थप सहयोगको पहल गर्छौं ।’ मंगलबार २० वटा घरपरिवारलाई राहत वितरण गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा मोबाइल व्यवसायी संगठन, रुपन्देहीका पदाधिकारी, रोहिणी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्री, ६ का वडाअध्यक्ष इन्द्रमान चौधरी,  जिल्ला समन्वय समिति रुपन्देहीका निवर्तमान उपप्रमुख पशुपति यादव लगायतको उपस्थिति रहेको थियो ।

गत वैशाख ८ गते शनिबार रोहिणी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का विभिन्न स्थानमा आगलागी भइ ५० वटा बढी घरमा क्षति पुगेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार