मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

साउनभर संचालन हुने पशुपति कोटिहोम महायज्ञको तयारी तीब्र

Ujyalosandeshonline 12441+ समाचार ( )
१८ असार २०८१, सोमबार

काठमाडौं । आगामी श्रावण महिनाभर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ। महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले तयारीलाई तिब्रता दिएको छ । 

आयोजक र अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि महायज्ञ संचालनको तयारीमा छन् । उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितिले जानकारी दिएको छ।

कार्यक्रम स्थल वनकाली हंसमण्डप, कैलाशडाँडालगायत पशुपति क्षेत्र सरसफाइदेखि पण्डाल र हवन कुण्ड निर्माणलगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाइ छ।

उपत्यकाबाट अहिले दैनिक समूहका पदाधिकारीहरु तथा व्यक्तिगत रुपमा सयौंको संख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन । त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहनेको संख्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ।

यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरुलाई आयोजक मानव सेवा फाउण्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार