मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

हरेक श्रमिकलाई सिप सिकाएर पठाउने सरकारको तयारी छ : मन्त्री भण्डारी

Ujyalosandeshonline 12437+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा एन्टियुसि र जेआइएलएएफको सहकार्यको तीन दशकको अवसरमा आयोजित कार्यक्रममा उनले आगामी १० वर्षमा जापानलाई विभिन्न विधामा १ करोड जनशक्तिको आवश्यकता भएको भन्दै त्यसकारणले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताए । 

उनले भने, ‘जापान एउटा विकसित, प्राविधिक रुपमा बलियो र अत्यन्तै मेहेनत गर्ने देश हो । त्योसँग हामीले सहकार्य गर्दा प्राविधिकसँगै संस्कार पनि सिकाउछ । जुन अहिले हाम्रो लागि धेरै आवश्यकता छ । जापानको यथार्थ भनेको आगामी १० वर्षमा जापानलाई १ करोड जनशक्तिको आवश्यकता छ । विभिन्न विधामा आवश्यकता छ । त्यसकारणले पनि जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्छ ।’

यस्तै, उनले नेपालबाट वैदेशिक रोजगारमा जाने हरेक श्रमिक नेपाली भएको भन्दै उनीहरुको सुरक्षाको लागि सबै जना मिलेर काम गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिक नेपाली नै हो नी, नेपाली जो छन् जहाँ छन् त्यो नेपाली नै हुन् उनीहरुलाई नेपालले हेर्नै पर्छ । ४५ देखि ४८ हजार महिला कुवेतमा बिना सूचना र श्रम स्विकृती बसि रहेका छन् । कसरी गए, महिला कामदार जान पाइदैँन् भनेर कानूनी हिसाबमा रहेको छ । अब ती महिलाहरु समस्यामा परे भने के गर्ने त । त्यही हामी सबै बसेर यस बारेमा छलफल गर्नुपर्छ, नेपालीले कसरी दुख पाउदैन्न भनेर हामी लाग्नु पर्छ ।’ श्रमबिनाको श्रमिकको कुनै काम नभएको भन्दै नेपालबाट जाने हरेक श्रमिकलाई सिप सिकाएर पठाउने नेपाल सरकारको तयारी रहेको पनि उनको भनाई छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार