मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने

Ujyalosandeshonline 12431+ समाचार ( )
१२ भाद्र २०८२, बिहीबार

बाजुरा । बाजुरामा निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा ओपिडी शिविर सञ्चालन हुने भएको छ । नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी,बडीमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा शिविर सञ्चालन हुने भएको हो।

गरिव,अपाङ्ग,असहाय,शाररिक अवस्थाबाट ग्रशीत भएका विरामीहरुको लागी शिविर सञ्चालन गर्न लागीएको हो।नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटी काठमाडौंका बरिष्ठ हाडजोर्नी बिशेषज्ञबाट उक्त शिविर सञ्चालन हुने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताए । 

उनका अनुसार,शिविर आगामी कार्तिक १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने बताएका छन्।निःशुल्क हाडजोर्नी सम्बन्धी शल्यक्रिया तथा बहिरंग (ओपीडी) शिविरमा सेवा लिन चाहने ईच्छुक बिरामीहरुले समयमै सम्पर्क राखि सेवा लिन आग्रह गरिएको छ।शिविरमा नाम दर्ता तथा विरामी चेकजाँचको लागी कार्तिक १६ गते त्यस्तै विरामी चेकजाँच कार्तिक १७ देखि २० गतेसम्म रहने छ भने विरामीहरुको शल्यक्रिया सेवा १७ गतेदेखि २१ गतेसम्म रहने भएको छ । 

शिविरमा आगोले पोलेका,खुट्टाको पैताला फर्किएका,जन्मजात हात खुट्टा बाङ्गिएका,हात वा खुट्टाका विकृिजन्य समस्या,हात वा खुट्टा भाचिएका,भाचिई बाङ्गिएर जोडिएका,भाचिएको ठाउँमा पाता वा किला राखिएका,गाठागुठी निकाल्नु परेका विरामीहरुलाई सहज रुपमा सेवा प्रदान गरिने भएको छन्।

४७ औं बर्ष देखि गैरनाफामुलक सेवा दिदै आएको नेपाल अर्थाेपेडिक अस्पताल जोरपाटीले बाजुराका विपन्न,असहाय,विभिन्न रोगबाट ग्रसित विरामीहरुलाई सहज रुपमा सेवा दिने नेपाल अर्थाेपेडिक अस्पतालका प्रशासकीय अधिकृत धिरज मैनालीले बताए ।उपचार नपाईरहेका गरिव,असहाय,आर्थिक समस्यामा परेका नागरिकलाई उपचारमा सहज बनाउन शिविरको आयोजना गर्न लागिएको उनले बताएका छन्।

विशेषगरी दुर्गमका जिल्लामा सेवा दिदै आईरहेको यस अस्पतालले बाजुरामा करिब ७ बर्ष अघि सेवा दिएको थियो ।त्यसबेला करिब  ५५ जना बढिको अप्रेनरशन गरिएकोमा ११ सय बढिलाई ओपीडी सेवा प्रदान गरिएको थियो।बाजुराका बिपन्न,असहाय,आर्थिकको अभावमा उपचार समस्यामा परेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गरि उपचारमा सहज बनाईने अपेक्षा नेपाल अर्थाेपेडिक अस्पतालले लिएको छ । शिविरमा करिब १६ जनाको टाली आउँने भएको हो।

शिविरलाई के–कसरी सञ्चालन गर्न सकिन्छ,कसरी प्रभावकारी बनाउने लगायत विषयमा बुधबार पुर्व तयारी सर्वपक्षिय बैठक समेत गरिएको छ। सर्वपक्षिय बैठकमा शिविर आयोजनाको मुख्य उदेश्य, शिविरको व्यवस्थापन,प्रभावकारी लगायतका बिषयमा छलफल गरिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार