मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विद्यार्थीलाई इन्जिनियरिङ लाइसेन्स परीक्षामा सामेल नगराए आन्दोलन

Ujyalosandeshonline 12431+ समाचार ( )
८ असार २०८१, शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकाका पाँच क्याम्पसमा क्रियाशील कांग्रेस निकट नेविसंघ क्याम्पस इकाई समितिका सभापतिहरुले इन्जिनियरिङ लाइसेन्स परीक्षामा सामेल हुन पाउने वातावरण निर्माण गर्न सरोकारवालहरुको ध्यानकर्षण गराएका छन् ।

पोखरा र काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्जिनियरिङ लाइसेन्स परीक्षामा सामेल हुन पाउने वातावरण निर्माण गर्न सरोकारवालहरुको ध्यानकर्षण गराएका हुन् ।

युनिभर्सल कलेजका नेविसंघ इकाइ सभापति विनोद रावल, कसमस कलेजका सभापति जेनिथ साह, एनसिआईटी कलेजका सभापति टिकेश भट्ट, एभरेष्ट कलेजका सभापति प्रजितअधिकारी र नेपाल ईन्जिनियरिङ्ग कलेजका सभापति सलन खत्रीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै ध्यानकर्षण गराएका हुन् ।

उनीहरुले नेपाल इन्जिनियरिङ्ग काउन्सिल, पोखरा विश्वविद्यालय प्रशासन र नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयका साथै अन्य सरोकारवालको ध्यानाकर्षण गराएका जानकारी दिए ।

नयाँ ईन्जिनियरिङ्ग लाइसेन्स परीक्षाको फर्म यहि मिति २०८१ असार ०७ गतेसम्म तोकिएको छ । देशकै दोस्रो ठुलो विश्वविद्यालयको रुपमा रहेको पोखरा विश्वविद्यालयको नतिजा लगत्तै प्रकाशित भएको जगजायर नै छ । परीक्षामा सहभागी हुन सम्पूर्ण प्रक्रियाहरु पुरा गर्न समय लाग्ने गर्दछ । यस विषयलाई ध्यानै नदिई नेपाल ईन्जिनियरिङ काउन्सिलले प्रकाशित गरेको निर्णय खेदजनक छ । विद्यार्थीहरुलाई परीक्षा दिनबाट वञ्चित गराउने काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापवाही हो । तसर्थ निर्णय सच्चाएर थप म्याद थपगरी विद्यार्थीलाई परीक्षा दिने अवसर दिइयोस्,’ ज्ञापन पत्रमा भनिएको छ ।

मागहरुलाई वेवास्था गरेको खण्डमा वा २४ घण्टाभित्र उक्त निर्णय नसच्चाए नेपाल विद्यार्थी संघले नेपाल काउन्सिल र पोखरा विश्वविद्यालयविरुद्द थप सर्घषका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

उपत्यकाका पाँच सभापतिले नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई भेटेर पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई नेपाल इन्जिनियरिङ काउन्सिलले लाइसेन्स परीक्षामा सहभागी हुने वातावरण मिलाउन उचित पहल गरिदिन आग्रह गरेका छन ।

काउन्सिल र पोखरा विश्वविद्यालयको चरम लापवाहीका कारण विद्यार्थीहरुको भविश्य अन्योलमा पर्ने अवस्था आएको र त्यसको मुख्य कारक पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रक नतिजा प्रकाशित भएपछी पनि आफ्नो कर्तव्यबाट भाग्दै आफूखुशी बिदामा बसेर सम्पुर्ण विद्यार्थीको भविष्य अन्योलमा पारेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको एनसीआईटी कलेजका सभापति टिकेश भट्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार